cURL Error: 0 प्रदेश प्रमुख भण्डारीबाट पद तथा गोपनीयताको शपथ – मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार-राजकुमार लेखी… गृह - पूर्व खबर

प्रदेश प्रमुख भण्डारीबाट पद तथा गोपनीयताको शपथ – मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार-राजकुमार लेखी… गृह

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रिपरिषद् विस्तार गरेकी छिन्। केन्द्रमा सत्तासमीकरण फेरिएपछि मधेश प्रदेशमा पनि सत्तासमीकरण परिवर्तन भएको हो।

नवनियुक्त मन्त्रीहरूमा राजकुमार लेखी गृह, सञ्चार तथा कानुन मन्त्रालय, शत्रुधन सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रमोदकुमार जयसवालले शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी पाएका छन्। साथै, केशव रायले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन्।


नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख भण्डारीबाट शनिबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् भने राज्यमन्त्रीले मुख्यमन्त्री यादवबाट शपथ लिएका छन्।nayaptrikabata

Leave a Reply

Your email address will not be published. Required fields are marked *