cURL Error: 0 सर्वोच्चको आदेशमा डा गोविन्द केसीको आपत्ति -भन्छन ,विएण्डसि लाइ अनुमति दिनुहुदैन - पूर्व खबर

सर्वोच्चको आदेशमा डा गोविन्द केसीको आपत्ति -भन्छन ,विएण्डसि लाइ अनुमति दिनुहुदैन

चिकित्सा शिक्षा सुधारका डा. गोविन्द केसीले झापाको बीएन्डसी मेडिकल कलेजलाई सञ्चालनको अनुमति दिन सर्वोच्च अदालतले दिएको आदेशप्रति आपत्ति जनाएका छन्।

सर्वोच्चले चैत १२ गते बीएन्डसीलाई कलेज सञ्चालन गर्न दिन सरकारका नाममा आदेश दिएको थियो। 

डा. केसीले एक विज्ञप्ति जारी गर्दै कसैको निहित स्वार्थमा कानून प्रतिकूल फैसला आएको अवस्थामा त्यसले न्यायिक अराजकता सिर्जना गर्न सक्ने बताएका छन्। ‘न्यायालयले आफैं त्यस्तो गल्ती सुधार्नुको विकल्प रहँदैन। त्यसैले ऐन प्रतिकूल फैसला आएको अवस्थामा सम्बन्धित निकाय तत्काल न्यायिक पुनरावलोकन (भ्याकेट) मा जानुको विकल्प रहनेछैन,’ विज्ञप्तिमा डा. केसीले भनेका छन्।

अदालतको आदेशको पूर्ण पाठ आइसकेको छैन। डा. केसीले सर्वोच्चको उक्त फैसलाले चिकित्सा शिक्षा ऐनको मर्ममा प्रहार गर्‍यो र आयोगलाई निस्तेज तुल्यायो भने मेडिकल शिक्षाको क्षेत्रमा अराजकतालाई बल पुग्ने उल्लेख गरेका छन्। 

‘ऐन अनुसारका सबै मापदण्ड र प्रक्रिया पुर्‍याएर गरिने कुनै पनि काममा हामीलाई कुनै आपत्ति छैन,’ केसीले विज्ञप्तिमा भनेका छन्।
himalkhabarbata

Leave a Reply

Your email address will not be published. Required fields are marked *