cURL Error: 0 अध्यक्ष केपी ओली आज झापा आउँदै - पूर्व खबर

अध्यक्ष केपी ओली आज झापा आउँदै

एमाले अध्यक्ष ओली आज झापा जानुहुँदै
11
Shares
facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonemail sharing button
दैनिक नेपाल२०८० चैत १४ गते १०:०८

काठमाडौं, १४ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै हुनुहुन्छ । एमाले झापा जिल्लाको अधिवेशन उद्घाटनका लागि अध्यक्ष ओली आज झापा जान लाग्नुभएको हो ।

एमाले झापाको जिल्ला अधिवेशन भोलिदेखि सुरु हुँदैछ । अधिवेशनको तयारी पुरा भएको र भोलि अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले नेता शिव ढुंगेलले जानकारी दिनुभयो ।

अधिवेशनका लागि प्रतिनिधि छनौट लगायतका सबै काम सकिएको उहाँले बताउनुभयो । अधिवेशनबाट सर्वसहमत नेतृत्व चयन गर्ने तयारी रहेको बताइएको छ । सर्वसहमत हुन नसके निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिने एमाले झापाले जनाएको छ ।

आज अध्यक्ष ओलीसँग छलफल भएपछि सर्वसहमत कि निर्वाचनबाट नेतृत्व छनौट गर्ने भन्ने टुंगो लाग्ने नेता ढुंगेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *