cURL Error: 0 जातीय विभेद मुद्दामा डम्बर गिरी पक्राउ - पूर्व खबर

जातीय विभेद मुद्दामा डम्बर गिरी पक्राउ

बिर्तामोड, २ बैशाख । इलाका प्रहरी कार्यालय अनारमनीले हल्दिबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीलाई नियन्त्रणमा लिएको छ ।

उनी विरुद्ध जातीय भेदभाव तथा अपमान सम्बन्धी व्यवहार कसुरमा जोहेरी दर्ता भएको थियो ।

जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलले गिरी विरुद्ध इप्रका बिर्तामोडमा चैत २८ गते जाहेरी दिएका थिए । सोही जोहरीका आधारमा प्रहरीले गिरीलाई बैशाख १ गते साँझ बिर्तामोडबाट नियन्त्रणमा लिएको झापा प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

पूर्व उपाध्यक्ष गिरीले पोर्तेललाई टेलिफोन सम्बाद मार्फत जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ आकर्षण हुने गरि अभिव्यक्ति दिएका थिए । चैत १८ गते हल्दिबारीमा पार्टीको बैठक सकेर फर्किएका पोर्तेललाई गिरीले फोनबाट गालीगलौच गर्दै जातीय विभेद, अपमान हुने गरी अभिव्यक्ति दिएका थिए ।

फोन मार्फत दलित अधिकारको क्षेत्रमा नेतृत्व गर्ने पोर्तेललाई जातको आधारमा अपमान र विभेद गर्ने गिरीलाई कानुनी कारबाही गर्न झापाका दलित संघ–संगठनहरुले संयुक्त रुपमा अपील समेत गरेका थिए ।

नेपाल दलित संघका सभापति दलबहादुर विश्वकर्मा, मुक्ति समाज झापाका अध्यक्ष तिलक गजमेर, नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष सुर्यबहादुर विश्वकर्मा (सुरेश), कोशी प्रदेश सदस्य कुमार ठटाल, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठन झापाका अध्यक्ष रमेश बिश्वकर्मा, दलित जागरण अभियान केन्द्रका अध्यक्ष छविलाल विश्वकर्मा र ओरिफ नेपालको उपाध्यक्ष निरु परियारले संयुक्त विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेका छन् ।

पोर्तेल नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय सचिव, नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *