cURL Error: 0 पारिवारिक निजी वन सघं कोशी प्रदेशको अधिवेसन सम्पन्न बन किसानको समस्या हल गर्न मन्त्री रानाको आस्वासन - पूर्व खबर

पारिवारिक निजी वन सघं कोशी प्रदेशको अधिवेसन सम्पन्न बन किसानको समस्या हल गर्न मन्त्री रानाको आस्वासन

पारिवारिक निजी वन सघं कोशी प्रदेशको दोश्रो अधिवेसन विहीवार विराटनगरमा सम्पन्न भएको छ ।

अधिवेसनलाइ कोशी प्रदेशका अर्थ मन्त्री राम राना ,वन तथा पर्यटन मन्त्री नारायण मगर सहित एफोनका केन्द्रिय अध्यक्ष जोगराज गिरी ,बरिष्ठ उपाध्यक्ष इन्दिरा घिमिरे खडंका ,उपाध्यक्ष लक्ष्मण पाठक ,सचिव नविन पौडेल,सचिवालय सदस्य रविन्द्र सुवेदी,सामुदायिक वन उपभोक्ता महासघं कोशीका अध्यक्ष तुलसी सग्रौला,लगाएतले शुभकामना दिनुभएको सचिव राजकुमार अ‍ोलीले जानकारी दिनुभएको छ।

दोश्रो अधिवेसनबाट गोपाल भटटराईको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिती निर्वाचित भएको निर्वाचन समितीको सयोंजक इन्दिरा घिमिरे खड्काले जानकारी दिनुभएको छ ।पारिवारिक निजी वन संघ नेपाल कोशी प्रदेश दोस्रो अधिवेशन विराटनगरमा सम्पन्न भएको हो

एक परिवार एक पारिवारिक निजी वन, समृद्द नेपाल हाम्रो अभियान भन्ने नाराका साथ अगाडि बढेको पारिवारिक निजी वन संघले निजी वन वा निजी जग्गामा भएका कृषि उपज सरह सङ्कलन, बिक्री र ओसारपसार गर्न वन पैदावर काष्ठ प्रजाति, जडीबुटी प्रजाति लगायत अन्य वन पैदावर प्रजातिहरूलाई शहज रूपमा बिक्रि वितरणमा शहज बनाउने उद्देश्यले दोस्रो अधिवेशन सम्पन्न गरेको छ ।

सम्पति दुईप्रकारका हुने र एउटा राज्यको र अर्को ब्याक्तिको निजी सम्पति व्याक्तिको निजी सम्पति आफु खुशी प्रयोग गर्न पाउनु पर्छ र हामिले लगायका फलफुल अन्न बाली काट्न प्रयोग गर्न कसैलाई सोध्नु पर्दैन तर आफ्नै वारिका डिलमा आफैले रोपेर हुर्काएका साल, उतिस, चिलाउने, कट्टुसका रूखहरू काट्न राज्यको अनुमति लिनुपर्ने हाम्रो सम्पतिमा हाम्रो अधिकार नभएको कार्यक्रमका बक्ताहरुले बताएका छन् ।

दोस्रो अधिवेशन बाट गोपाल भट्टराईको अध्यक्षतामा २९ सदस्यिय प्रदेश कार्य समिति चयन गरेको छ ।

उपाध्यक्षमा बुद्दराज कार्की, सचिव मनोज चौधरी, उपसचिव लोकेन्द्र डाँगि, कोषाध्यक्ष हिरा श्रेष्ठ, सदस्यहरूमा बासुदेव सिग्देल, ईन्द्र गुरूङ्ग, लक्ष्मी तामाङ्ग, कृष्णा राई, कुमारी आले, अग्नि लुईटेल, देवराज भुजेल, बद्रिनारायण चौधरी, नविन निरौला, मन्जु खड्का, गिता वस्नेत, होम आले मगर, जगदीस सापकोटा, ईन्द्र ढकाल, शेरबहादुर तामाङ्ग, पदेन सदस्यहरूमा दिपेन्द्र गौतम, मुकुन्द भट्टराई, होमनाथ ढुङ्गाना, बद्रि सापकोटा लगायतका २९ सदस्य प्रदेश कार्य समिति चयन गरेको छ।

यसैगरी कोशी प्रदेश न्यायिक समितिमा हरि दाहालको संयोजकत्वमा पाँच सदस्यिय न्यायिक समिति चयन गरिएको हो ।

प्रदेश लेखा समितिको संयोजकमा विरेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यिय लेखा समिति निर्वाचन गर्दै दोस्रो अधिवेशन सम्पन्न गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *