cURL Error: 0 विर्तामोड विर्ताबजारलाइ हरियाली शहर बनाउन चाहेकोछौ — मदन बुडाथोकी - पूर्व खबर

विर्तामोड विर्ताबजारलाइ हरियाली शहर बनाउन चाहेकोछौ — मदन बुडाथोकी

राजकुमार ओली विर्ताबजार

गरामनी विर्ताबजार सडकलाइ फुलैफुलको शहर बनाउन चाहेको मदन वुडाथोकीले बताउनुभएको छ ।

आफुहरुले ११ महिनामा गरिएको श्रमले आज विर्ताबजार सैनिकमोड चोक देखि आफ्ना वडाका धेरै गल्लीहरु हरियाली तथा ढक्कमक्क फुलेका फुलले सजिएको देख्दा अव चाही आफुहरुको मिसन सफल हुने देखिएको विर्तामोड ३ का वडा अध्यक्ष तथा युवा व्यावसायी वुडाथोकीले पुर्वखवरलाइ बताउनुभयो ।

विर्तामोड ३ को मैनाली गेट साइ मन्दिर देखि विर्ताबजार,सैनिकमोड चोक आँखा अस्पताल चोक,आदर्शचोक, पम्प देखि गरामुनी बजार पश्चिम सम्मको भद्रपुर रोडका दायाँवायाँ सवै किनारमा फुल तथा विभिन्न जातको विरुवा बृक्षारोपण गरिएको थियो ।

विभिन्न दाता तथा स्थानिय बजेट एवम पारिवारिक निजी वन सघंको प्राविधिक सहयोगमा डिभिजन वन कार्यलय सम्मको सहयोगमा ५१ सय धेरै विरुवाहरु विगत वर्षहरु देखिनै बृक्षारोपण गरिएको जनप्रतिनिधी एवम स्थानिय युवा हरि बास्तोंलाले पुर्वखवरलाइ जानकारी दिनुभयो ।

गत वर्षको असारबाट रोप्न थालिएका फुलहरु यतिखेर ढक्कमक्क फुल्न थालेपछि स्थानियहरु समेत गर्न सक्दा हुदोंरहेछ भन्ने देखिएको बताउन थालेकाछन ।
दृष्टि आँखा अस्पतालका अध्यक्ष राम उप्रेतीले आफुहरुको अस्पताल अघि गरिएको यो फुलको शहर बनाउने अभियानले आफुहरु जस्ता आँखा उपचार गर्ने अस्पताल र विरामीहरुलाइ समेत मन प्रफुल्ल भएको बताउनुभएको छ ।

यो अभियान सफल भएको देखेर हरि बास्कोटा लेख्छन ,अव काठमाडौ बालेनको शहर भएजस्तो यो विर्तामोडको विर्ता बजार सैनिकमोड गरामुनी हरियाली मदन शहर भन्न लायक बनाउने कोशिश गरिरहेको बताउनुहुन्छ।

आफुहरुल्ो ११ महिना अघि रोपेको फुल बजार मै ढक्क मक्क फुल्न थालेपनि बजारलाइ फुलहरुको शहर बनाउन हिम्मत थपिएको बताउनुभएको छ ।
गर्दा हुदोरहेछ भन्ने उदाहरण यो विर्ताबजार सैनिकमोडको हरियालीले पनि पुष्टि गरेको स्थानिय अगुवा टिकाराम खरेल बताउनुहुन्छ ।विगतमा जापान बसेर लिएको अनुभवलाइ आफ्नो कर्म थलो र जन्मथलोमा केही गर्ने लक्ष्य बनाएर फर्किएको र अवको दिनमा आफुले अध्ययन गरेको महेन्द्र रत्न उच्च मावि समेतलाइ हरियाली स्कुलको रुपमा परिर्वतन गर्न खोजेको वुडाथोकीले बताउनुभयो ।

गत केही दिन अघि मात्रै सम्पन्न भएको नेकपाएमाले विर्तामोडको अधिवेसनबाट उपाध्यक्ष पदमा सानदार मत प्राप्त गरि विजय भएका बुडाथोकीलाइ आफ्नो जन्मिएको विर्तामोडलाइ हरियोली फुलको शहर बनाउन मन लागेको र सवैले साथ दिए सम्भव समेत देखिएको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *