cURL Error: 0 फेकोफन झापाको २०औं परिषद् सम्पन्न-अभियानकर्मीहरू सम्मानित - पूर्व खबर

फेकोफन झापाको २०औं परिषद् सम्पन्न-अभियानकर्मीहरू सम्मानित

सामुदायिक वन उपभोक्ता महासंघ झापाको परिषद सम्पन्न, उत्कृष्ट वन समूहलाई सम्मान
झापान्य

झापा।सामुदायिक वन उपभोक्ता महासंघ झापाको २० औँ परिषद भेला विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ। महासंघका जिल्ला अध्यक्ष बेदप्रकाश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय कार्यसमिति अध्यक्ष ठाकुर भण्डारी,विशेष अतिथि कोशी प्रदेश अध्यक्ष तुलसी संग्रौला, केन्द्रीय सदस्य रोहिणी गौतम, पूर्व केन्द्रीय सदस्य संगीता थापा लगायत स्थानीय महासंघका अध्यक्षहरू लगायत वनका अभियान्ताहरूको आतिथ्यता रहेको थियो ।
उपाध्यक्ष चन्द्र तामाङ्गले स्वागत गरेको कार्यक्रममा अध्यक्ष बेदप्रकाश भण्डारीले अध्यक्ष को प्रतिवेदन पेश गरेका थिए भने र कोषाध्यक्ष देवीका अधिकारीले आर्थिक प्रतिवेदन पारित का निम्ति प्रस्तुत गरेकी थिइन्।
कार्यक्रममा सामुदायिक वन समूहहरूमा वनको संरक्षण, सम्बर्द्धन र उपयोगमा उत्कृष्ट कार्यसम्पादन गर्ने दियालो वन समूह का अध्यक्ष देउकुमार लिम्बु, पाँचपोखरी वन समूहका अध्यक्ष चेतन आचार्य , उत्कृष्ट स्थानिय महासंघ मेचीनगर अध्यक्ष जानुका ओलि र जिल्ला महासंघका उत्कृष्ट जिल्ला सदस्यका रुपमा भिमप्रसाद लुइटेललाई सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले सामुदायिक वन उपभोक्ता महासंघ झापा को गतिविधि अत्यन्तै उत्कृष्ट रहेको बताउँदै समूह र महासंघको सहकार्यको प्रशंसा गरेका थिए।
वन समूहहरू सहज संचालन का लागि केन्द्रीय महासंघले विभिन्न विषयमा विज्ञहरु सँग छलफल गरिरहेको र कुनै अप्ठ्यारो भए महासंघ सधै साथमा रहने प्रतिवद्धता जनाएका थिए।
कार्यक्रममा कोशी प्रदेश अध्यक्ष संग्रौला, झापा इन्चार्ज रोहिणी गौतम,बाँसवारी सामुदायिक वन उपभोक्ता समूह की अध्यक्ष अम्बिका मैनाली,जामुनबारी वन समूहका अध्यक्ष पर्शुराम गिरी,सम्मानित व्यक्तित्व जानुका ओली लगायत ले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रमको अन्त्यमा बोल्दै सभाध्यक्ष भण्डारीले आगामी दिनमा वन समूहहरूलाई सशक्त बनाउन महासंघले विभिन्न कार्यक्रमहरू गर्ने बताए। यसैगरी विशेष कार्यक्रम गरि चन्द्रमान राई स्मृति पुरस्कार वितरण गर्ने जानकारी गराएका थिए। कार्यक्रमको संचालन
महासंघका सचिव खिम प्रसाद आङवोले गरेका थिए।jhapabata

Leave a Reply

Your email address will not be published. Required fields are marked *