cURL Error: 0 प्रादेशिक अस्पताल भद्रपुर सहितको सेवा प्रवाह गर्न बजेटमा रु. ६० करोड ५५ लाख बिनियोजन—प्रदेशकै ‘उत्कृष्ट सेवा केन्द्र’को रुपमा विकास गर्ने - पूर्व खबर

प्रादेशिक अस्पताल भद्रपुर सहितको सेवा प्रवाह गर्न बजेटमा रु. ६० करोड ५५ लाख बिनियोजन—प्रदेशकै ‘उत्कृष्ट सेवा केन्द्र’को रुपमा विकास गर्ने

प्रादेशिक अस्पताल भद्रपुरलाई प्रदेशकै ‘उत्कृष्ट सेवा केन्द्र’को रुपमा विकास गर्ने भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री राम रानाले शनिवार प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०८१/०८२ को बजेटमा उक्त घोषणा गरिएको छ ।

प्रदेशले प्रादेशिक अस्पताल भद्रपुर र जिल्ला अस्पतालहरु पाँचथर, धनकुटा, उदयपुर, संखुवासभा र खोटाङमा आइसीयु र एनआइसीयु सहितको सेवा प्रवाह गर्न बजेटमा रु. ६० करोड ५५ लाख बिनियोजन गरेको छ ।

झापाको लखनपुरस्थित प्रदेश आयूर्वेद अस्पताललाई कोशी आयुर्वेद प्रतिष्ठानको रुपमा विकास गरिने भएको छ । बजेटमा कोशी आयूर्वेद अस्पतालसहित स्वस्थ जीवनशैली, आहार विहार, योग, ध्यान, व्यायाम प्रवर्धनका लागि बजेटमा रु. १८ करोड ५० लाख छुट्याएको छ ।

प्रादेशिक अस्पताल भद्रपुरसहित उदयपुर, धनकुटा, संखुवासभा अस्पतालबाट निःसन्तान दम्पत्तिका लागि निःशुल्क उपचार सेवा प्रदान गर्न प्रदेश सरकारले रु. एक करोड १० लाख बजेट बिनियोजन गरेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले १० वर्ष मुनिका बालबालिकाको उपचार निःशुल्क रुपमा गर्नका लागि यसपाली रु. चार करोड २९ लाख बजेट बिनियोजन गरेको छ ।

यसअघिका मुख्यमन्त्री केदार कार्कीको पालामा १० वर्ष मुनिका बालबालिकाको उपचार निःशुल्क गर्ने घोषणा गरिए पनि पर्याप्त बजेट नछुट्याइएको कारण यो कार्यक्रम घोषणामै सीमित भएको थियो ।

यसपटक प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा रु. तीन अर्ब ५८ करोड बजेट बिनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *