cURL Error: 0 धिमाल समुदायको महान पर्व जात्री/ सिर्जात (पूजा) विशेष साँस्कृतिक कार्यक्रम - पूर्व खबर

धिमाल समुदायको महान पर्व जात्री/ सिर्जात (पूजा) विशेष साँस्कृतिक कार्यक्रम

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिला बल्लभ अधिकारीले धिमालहरू नेपालका सबैभन्दा पुराना आदिवासी र भूमिपुत्र भएको उल्लेख गर्दै हिजो राज्यको विभेदकारी नीति भएकै कारण आदिवासी जनजातिहरू राज्यले वितरण गरेका सेवा सुविधाबाट वञ्चित भएको बताएका छन्।

मोरङको उर्लाबारी– ३ मंगलबारेमा धिमाल जातिको सबैभन्दा ठूलो पर्व जात्री, सिरिजातको समापनको अवसरमा आइतबार प्रमुख अतिथिको आसनबाट बोल्दै उनले सो कुरा बताएका हुन् । लोकतान्त्रिक गणतन्त्रमा मात्रै सबै जात, धर्म र लिङ्ग भएका नागरिकले राज्यको सुविधा समान रुपमा प्राप्त गर्ने उनको भनाइ थियो । मन्त्री अधिकारीले आरक्षणको व्यवस्था पनि सबै जातजातिलाई अवसरको समान उपयोगका लागि गरिएको बताएका छन् । उनले पिछडिएको बर्गलाई अगाडि बढाउन सकेमात्र मुलुकमा गणतन्त्र आएको भान हुने बताएका छन्।

उनले मुलुकमा सबैखाले बिभेदको अन्त्य र सबैको समान पहुँचको लडाईंमा कटिबद्ध भएर लागिपर्ने बताएका छन्। मन्त्री अधिकारीले उचित र जायज मागहरु पूरा गर्न लागिपर्ने प्रतिबद्धता जनाएका छन्। सो कार्यक्रममा संविधान सभा सदस्य नगेन्द्र बहादुर धिमाल, प्रदेश सांसदहरु उमाकान्त गौतम, बिद्या चाम्लिङ , शोभा चेम्जोङ पालुङ्वा, निर्मला लिम्बू , तील कुमार मेन्याङ्बो, नम्बरलाई धिमाल , उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, उर्लाबारी -३ का वडा अध्यक्ष भीष्म बुढाथोकीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अल्पसंख्यक धिमाल समुदायको महान पर्व जात्री/ सिर्जात (पूजा) विशेष साँस्कृतिक कार्यक्रमसहित विधिवत रुपमा असार -२ गते समापन भएको छ। प्रत्येक वर्ष बैशाख २ गते उद्गम स्थल मानिने लेटाङ नगरपालिकाको भोगटेनीस्थित राजारानी धिमाल डाँडामा रहेको धिमाल ग्रामथामबाट सुरु भएको जात्री/सिर्जात ( पूजा ) पर्व असार -२ गते उर्लाबारीको मङ्गलबारेस्थित धिमाल जातीय विकास केन्द्र केन्द्रीय कार्यालय परियोजना स्थल (दस बिघे)मा समापन हुने गर्दछ ।

समापन कार्यक्रममा धिमाल जातिको मौलिक नाचगान, ढोल प्रतियोगिता, धिमाल कलाकारहरुको कला र गला प्रस्फुटन गर्न स्टेजमा मौका लगायतका अवसर दिइएको थियो। दुई महिना भित्रमा धिमाल समुदाय बसोबास गर्ने एक सय पाँच गाउँहरूमा मेला जातिरी-श्रीजात लाग्ने गर्दछ । दुई महिना सम्ममा धिमाल जाति वा समुदायको प्रत्येक घरबाट कम्तीमा तीस हजार खर्च हुने समग्र समापन सम्ममा करिब डेढ करोड खर्च हुनेगरेको बताइन्छ।
ग्रामथानमा फलफुल, हाँस, परेवा, कुखुरा, सुँगुरलगायतको वलि दिने गरिन्छ । भोगटेनीबाट शुरु भएपछि धिमाल बस्तीको टोलटोलमा यो पर्व पुग्ने गर्छ । सामूहिक पूजा जात्री-श्रीजात नयाँ वर्षको पहिलो चाड भएकाले सालभरि कसैलाई पनि रोगब्याधि नलागोस्, शोक नपरोस्, अतिबृष्टि, अनाबृष्टि, खेतका बालिनाली सप्रियोस र जीवनमा सुख शान्ति छाओस् भनेर मनाइने गरिएको सो संस्थाका केन्द्रीय अम्मर बहादुर धिमालले बताएका छन् । यो पर्वमा धर्म ठाकुर, लक्ष्मीबेराङ, चौमाझी, बूढा ठाकुरलगायतको पूजा गर्ने गरिएको महासचिव मात्रिका धिमालले जानकारी दिएका छन् ।
धिमाल जाति नेपालको पूर्वी तराईका झापा, मोरङ र सुनसरीमा आदिम कालदेखि बस्दै आएको उनको भनाई छ । धिमालहरू पश्चिम बङ्गालको दार्जिलिङ जिल्लामा समेत देख्न सकिने, धिमाललाई दमक नगरपालिकाको पहिलो नागरिकका रूपमा सबैभन्दा पहिले घोषणा गरेको हो भने अन्य छिमेकी उर्लाबारी, पथरीशनिश्चरे, कानेपोखरी र बेलबारीले पनि घोषणा गरेको सो संस्थाका पूर्व अध्यक्ष तथा संबिधान सभा सदस्य नगेन्द्र धिमालले बताएका छन्।
समापन कार्यक्रममा धिमाल जाति विकास केन्द्रले प्रत्येक वर्ष प्रदान गरिने युवा प्रतिभा पुरस्कार यस बर्ष डान्सिङ स्टार नेपाल, स्कुल डान्सिङ च्याम्स, शिखर डान्स जाईकनको उपाधि विजेता तथा सबैभन्दा उच्च स्थान (५,२७८ मिटर उचाई) मा कोरियोग्राफि गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल मोरङ बेलबारी-१०, माटिगाउँ निवासी नृत्यङ्गना सुश्री सरस्वती धिमाललाई प्रदान गरिएको छ भने विभिन्न धिमाल गाउँटोल समितिबाट सहभागी ढोल मध्ये प्रथम सालबारी, द्वितीय आमबाडी र तृतीय कालाबन्जार समिति पुरस्कृत भएका छन् ।
धिमाल जातीय विकास केन्द्रका केन्द्रीय अध्यक्ष अम्मर बहादुर धिमालको अध्यक्षतामा कार्यक्रम समापन भएको सह अध्यक्ष केदार धिमालले बताएका छन्।rasapabata

Leave a Reply

Your email address will not be published. Required fields are marked *