cURL Error: 0 रतुवा खोलामा आएको बाढिमा डुबेर एकजनाको मृत्यु - पूर्व खबर

रतुवा खोलामा आएको बाढिमा डुबेर एकजनाको मृत्यु

रतुवा खोलामा आएको बाढीले एकजनाको मृत्यु भएको छ।
आज बिहान आएको बाडीसँगै रतुवा खोलाको बाढीमा डुबेर एक व्यक्तिको मृत्यु भएको हो।
दमकको रतुवा खोलाले बगाएर झापामा एकजनाको मृत्यु भएको छ । आज बिहान अन्दाजी ८ बजेको समयमा दमक नगरपालिका वडा नम्बर ७ स्थित रतुवा पुलछेउमा तत्काल नाम थर वतन नखुलेको एक व्यक्तिको शव फेला परेको हो ।

रतुवा खोलाले बगाएर ल्याइरहेको अवस्थामा स्थानीयले देखेर तत्काल खोलाबाट बाहिर किनारमा निकाली हेर्दा मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकमा खबर प्राप्त हुनासाथ थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि टोली खटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार निज मृतक दमक १ सरस्वती टोल बस्ने ५३ वर्षीय मोहन रामदाम (विक) रहेको सनाखत भएको छ ।

सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको र विकका आफन्त घटनास्थलमा आइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *