cURL Error: 0 मनमोहन अस्पतालमा शल्यक्रिया सहितको प्रसुति सेवा सस्तो मूल्यमा - पूर्व खबर

मनमोहन अस्पतालमा शल्यक्रिया सहितको प्रसुति सेवा सस्तो मूल्यमा

झापाको बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पतालले असार ५ गतेदेखि शल्यक्रियासहितको प्रसूति सेवा विशेष छुटसहितको प्याकेजमा उपलब्ध गराउने भएको छ।

मंगलबार अस्पतालले गरेको निर्णय अनुसार बिरामी अस्पताल ल्याएपछि अस्पतालबाट डिस्चार्ज हुन्जेलसम्मका लागि शल्यक्रिया गरेर बच्चा जन्माउँदा अब ५० हजार रुपैयाँ मात्र लाग्नेछ।

उक्त प्याकेजमा शल्यक्रिया, प्रयोगशाला, औषधि सबै समेटिएको अस्पतालका कार्यकारी प्रमुख रोमनी भट्टराईले जानकारी दिनुभयो।

शल्यक्रिया गरेर बच्चा जन्माउँदा यसअघि कम्तीमा ७० हजार रुपैयाँ तिर्नुपर्ने अवस्था थियो। अहिले विशेष छुटमा प्याकेजसहितको सेवा ल्याइएको भट्टराईले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘यो प्याकेजले कम पैसा भएका बिरामीले शल्यक्रिया गर्नका लागि अन्य अस्पताल जानुपर्ने बाध्यता हटेको छ।’

बिर्तामोड ५ मा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पताल प्रसूति सेवाका लागि भरपर्दो अस्पतालका रुपमा लिने गरिन्छ। उक्त अस्पतालमा प्रसूति तथा स्त्रीरोगका वरिष्ठ विशेषज्ञ डा. एकराज गौतमले सेवा दिइरहनु भएको छ।suryodayabata

Leave a Reply

Your email address will not be published. Required fields are marked *