cURL Error: 0 मेयर बलदेव सहित गौतम र कल्पित सम्मानित - पूर्व खबर

मेयर बलदेव सहित गौतम र कल्पित सम्मानित

दशौ अन्तर्राष्ट्रिय योग दिवश को पावन अबसरमा आयोजीत बृहत् साँस्कृतिक कार्यक्रममा सप्तक संगीत बिद्यालय तीन श्रेष्ठलाई सम्मान गरेको छ ।

अर्जुनधारा नगरपालिकाका नगर प्रमुख श्री बलदेव गोम्देन , क्षितिज नाट्य प्रतिष्ठान झापाका केन्द्रीय संयोजक तथा झापा नाटक घर निर्माण कार्यका अभियन्ता माधब कल्पित सहित रंङ्गकर्मी तथा साहित्यक श्रष्ठा लबकुश गौतम सम्मानित हुनु भएको थियोे ।

सामाजिक क्षेत्रका साथै साहित्य कला र संस्कृति संरक्षण सम्बर्द्धनको क्षेत्रमा बिशेष योगदान पुर्याउनु भएकोमा वहाँहरुको समाजप्रति अझ जिम्मेवारी बोध गराउन र कर्मप्रती हौषला र प्रेरणा प्रदान गर्ने उद्देश्यले श्रष्टाहरुलाइ सम्मान गरिएको संगीत बिद्यालयका संस्थापक तथा गुरु सरोज वत्सले जानकारी दिनु भयाे।

सामाजिक धार्मिक तथा साहित्यक ब्यक्तित्व सत्यनारायण तायलको अध्यक्षता तथा नगर प्रमुख बलदेव गोम्देनको प्रमुख आतिथ्यमा आयोजीत कार्यक्रममा डा. कुमार सुवेदी , साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा वर्तमान अध्यक्ष देबीभक्त श्रेष्ठ , सम्मानित ब्यक्तित्व माधब कल्पित लगायतले शुभकामना मनतब्य राख्नु भएको िथयाे ।

कार्यक्रममा बिद्यालयका बिद्यार्थीहरुले गायान ,नृत्य, भजन प्रस्तुत गरेका थिए । बिद्यालयका प्रमुख सरोज वत्सले सञ्चालन गर्नु भएको कार्यक्रमलाई मारवाडि भाषाको गीतमा आधारित नृत्यद्वारा स्वागत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *