cURL Error: 0 नकुल काजीलाई अभिनन्दन सहित रथारोहण गर्ने घोषणा - पूर्व खबर

नकुल काजीलाई अभिनन्दन सहित रथारोहण गर्ने घोषणा

रेनुका खरेल। रविन ओली। बिर्तामोड झापा

वरिष्ठ सञ्चारकर्मी एवं साहित्यकार नकुलकाजी लाई अभिनन्दन सहित बिर्तामोडमा रथारोहण गराउने भएको छ।

साहित्य चौतारी झापाले आफ्नो रजत महोत्सवको अवसरमा आगामी असार ३१ गते बिर्तामोडमा रथारोहण गराउन लागेको हो। एप

साहित्य चौतारी झापाको रजत महोत्सव (२०८१ असार ३१ गते) को अवसरमा चार जना विशिष्ट व्यक्तित्वहरूमध्ये वरिष्ठ सर्जक तथा पत्रकार श्री नकुल काजीलाई रथारोहण गराउने संस्था का(संस्थापक/ संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठ ले पूर्व खबरलाई जानकारी दिनुभयो।

झापाका वरिष्ठ साहित्यकार एवं सञ्चारकर्मी नकुल काजीलाई घरमै पुगेर संस्थाका उपाध्यक्ष हिम्मत नेम्बाङ, महासचिव भानुभक्त कुभिण्डेली, सचिव गौरवा श्रेष्ठ, सल्लाहकार द्वय राजेन्द्र संग्रौला र अनिरुद्र ओली ले नकुलकाजीकाे घर भद्रपुरमा पुगी अभिनन्दन सहित रथारोहणको पत्र बुझाउनु भएको छ।

नकुलकाजी लामो समयदेखि सञ्चार क्षेत्रमा र साहित्य लेखनमा लागिरहेको उत्कृष्ट स्रष्टा हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *