cURL Error: 0 खेलाडीलाई प्रशिक्षण दिँदै सुन्दर सामुदायिक प्रहरी - पूर्व खबर

खेलाडीलाई प्रशिक्षण दिँदै सुन्दर सामुदायिक प्रहरी

सरस्वती मिश्र

बिर्तामोड १८ असार झापा

सुन्दर सामुदायिक सेवा केन्द्र बिर्तामोडले खेलाडीहरुलाई कबर्ड हलमै पुगेर लागू औसत दुर्वेशनी विरुद्धको प्रशिक्षण दिएको छ।
मङ्गलबार बिर्तामोड ३ स्थित मेहरमान कबड हलमा भलिबल खेलाडीहरूलाई सेवा केन्द्र ले प्रशिक्षण दिएको हो।
सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र का प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक गीता कार्की ले खेलाडीहरूलाई लागू औसत दुर्वेशनी विरुद्धको प्रशिक्षण दिनुभएको हो
खेलाडी राष्ट्रका गहना हुन् भन्ने लक्ष्यका साथ गाउँ गाउँबाट आएका युवा खेलाडीहरुलाई सामुदायिक प्रहरी सेवा केन्द्रले यसरी आफ्नो सेवा प्रदान गरेको केन्द्रका अध्यक्ष देवी संगौला ले बताउनुभयो।
मेहरमान कबर्ड हलमा दैनिक रुपमै खेलाडीहरूको आगमन हुने र विभिन्न खेल हुने गरेका छन्
पछिल्लो समय सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोडले स्कुल स्कुलमा पुगेर विद्यार्थीहरुलाई आत्महत्या न्यूनीकरण सम्बन्धीको प्रशिक्षण लागू औषध विरुद्धको प्रशिक्षण अभियान तथा ट्राफिक सचेतनाको अभियान गर्दै आएको उपाध्यक्ष तथा कार्यक्रम संयोजक संजीव चापागाईंले पूर्व खबरलाई बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *