cURL Error: 0 एमाले झापाको इन्चार्जमा ओली र मोरङमा घिमिरे मनोनित - पूर्व खबर

एमाले झापाको इन्चार्जमा ओली र मोरङमा घिमिरे मनोनित

नेकपा एमालेका केन्द्रीय सदस्य रोमनाथ ओली झापा इन्चार्जमा मनोनित हुनुभएको छ।
आज बिहीबार काठमाडौँमा बसेको बैठकले दमकका रूम नाथ ओलीलाई झापा इन्चार्जमा जिम्मेवारी दिएको हो।
त्यस्तै मोरङका इन्चार्जमा जीवन घिमिरे लाई जिम्मेवारी तोकेको छ। लामो समयसम्म झापाको भूगोलमा काम गर्नुभएका ओली इमान्दार र कर्तव्य निष्ठ शालिन नेताको रूपमा परिचित हुनुहुन्छ।
नेकपा एमालेको आज बसेको बैठकले नेपालभरका जिल्लाहरूमा इन्चार्जको जिम्मेवारी तोकेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम ले पूर्व खबरलाई बताउनुभयो।

आज बसेको सचिवालय बैठकले ७७ वटै जिल्लाका इन्चार्जहरुको जिम्मेवारी हेराफेरी गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *