cURL Error: 0 मोटरसाइकल दुर्घटना हुँदा हल्दीबारीमा दुई युवाको मृत्यु - पूर्व खबर

मोटरसाइकल दुर्घटना हुँदा हल्दीबारीमा दुई युवाको मृत्यु

हल्दिबारी गाउँपालिका वडा नम्बर ५, सोडागान्धि चोक स्थित हुलाकी मार्गमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। राजगढबाट जलथलतर्फ आउँदै गरेको मे १ ज ३२६१ नम्बरको पिकअप गाडीले जलथलबाट राजगढतर्फ जाँदै गरेको मे ९ प ९६८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक र सोही मोटरसाइकलमा सवार दुई पुरुषलाई उपचारका लागि बिर्तामोड स्थित बी एण्ड सी अस्पताल पठाइएको थियो। चिकित्सकले उपचारको क्रममा ८ बजे दुबैजनालाई मृत घोषित गरेका छन्। मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-५ निवासी मोटरसाइकल चालक प्रेम प्रसाईं हुन् र मोटरसाइकलमा सवार मेचीनगर नगरपालिका-६ निवासी बिकेश कार्की रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि उनीहरूको शव बिर्तामोड स्थित बी एण्ड सी अस्पतालको शव गृहमा राखिएको छ।

पिकअप चालक,भद्रपुर नगरपालिका वडा नम्बर २ निवासी ३७ वर्षीय दिपेन राईलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको बताईएको छ । सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।onlinejhapa

Leave a Reply

Your email address will not be published. Required fields are marked *