cURL Error: 0 राष्ट्रिय दलित पत्रकार सङ्घ झापा अध्यक्षमा _मनकुमार गदाल निर्वाचित - पूर्व खबर

राष्ट्रिय दलित पत्रकार सङ्घ झापा अध्यक्षमा _मनकुमार गदाल निर्वाचित

बिर्तामोड झापा
राष्ट्रिय दलित पत्रकार सङ्घको झापाको अध्यक्षमा मनकुमार गदाल निर्वाचित भएका छन्।
आज शुक्रबार झापाको बिर्तामोडमा आयोजित दोस्रो अधिवेशनबाट दमकका युवा सञ्चारकर्मी मनकुमार गदाल अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन्।
सङ्घको उपाध्यक्षमा गोविन्द लुहागुन सचिवमा किशोर उपरकोटी सहसचिवमा दीपिका लोहार तथा कोषाध्यक्षमा प्रमिला रामदाम निर्वाचित हुनुभएको हो।
त्यस्तै सदस्यहरूमा विपिन विश्वकर्मा र सुमन धमला रहेका छन्।
सङ्घको दोस्रो अधिवेशनबाट प्रदिप परियार र चिरंजीवी घिमिरे लाई पठाउने निर्णय गरिएको छ भने केन्द्रीय प्रतिनिधिमा नरेश खाति र रन्जित परियारलाई पठाउने निर्णय गरिएको झापाका अध्यक्ष प्रदिप परियारले बताए।
राष्ट्रिय दलित पत्रकार सङ्घको दोस्रो अधिवेशन झापाका अध्यक्ष प्रदिप परियारको सभापतित्वमा र केन्द्रीय उपाध्यक्ष पर्वत पोतेलको प्रमुख अतिथिको रुपमा आयोजना गरिएको थियो भने कार्यक्रमको उद्घाटन सत्रमा सञ्चारकर्मीहरू सुब्रत न्यौपाने विरु दर्नाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *