cURL Error: 0 उत्कृष्ट महिला उद्यमी पुरस्कारबाट शर्मिला अधिकारी पुरस्कृत - पूर्व खबर

उत्कृष्ट महिला उद्यमी पुरस्कारबाट शर्मिला अधिकारी पुरस्कृत

उत्कृष्ट महिला उद्यमी पुरस्कारबाट शर्मिला अधिकारी सम्मानित हुनुभएको छ।

बिर्तामोड उद्योग वाणिज्य सङ्घ महिला उद्यमी संघले आयोजना गरेको तीज मिलन कार्यक्रममा युवा उद्यमी अधिकारीलाई सम्मान गरिएको हो।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला ले एक कार्यक्रमका बीच युवा उद्यमी शर्मिला अधिकारीलाई नगदसहित सम्मान गर्नुभएको हो।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य सङ्घ का अध्यक्ष राजु न्यौपाने महासचिव कुशल खतिवडा उद्यमी सङ्घका अध्यक्ष राधिका चुँडाल एवं महासचिव लीला अनमोल लगायतको सहभागिता रहेको थियो।

बिर्तामोड ४ की स्थायी बासिन्दा अधिकारी महिला भइकन पनि छोटो समयमा उत्कृष्ट व्यवसायी बन्न सफल भएकी उद्यमी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *