cURL Error: 0 चारआलीमा बन क्षेत्र ओगटेर सञ्चालन हुँदै आएको १८ पसल हटाइए - पूर्व खबर

चारआलीमा बन क्षेत्र ओगटेर सञ्चालन हुँदै आएको १८ पसल हटाइए

चारआलीमा बन क्षेत्र अतिक्रमण गरेर बनाइएका अस्थायी टहरा हटाउने क्रममा भएको विवादमा आज दिउँसो एक महिला पक्राउ परेकी छन् ।

मेचीनगर–१३ चारआलीमा प्रगति सामुदायिक बनको क्षेत्र ओगटेर सञ्चालन हुँदै आएको सब्जी बजारका १८ वटा पसल सुरक्षा बल प्रयोग गरी आज हटाइएको हो ।

बन डिभिजन कार्यालय झापाले सुरक्षाबल प्रयोग गरी अतिक्रमण हटाएको हो ।

अतिक्रमण हटाउने पक्षमा रहेका प्रगति सामुदायिक बनका अध्यक्ष विकास निरौलालाई अभद्र व्यवहार गरेको आरोपमा एक महिला पक्राउ परेकी हुन् ।

बनका अध्यक्ष निरौलालाई दूव्र्यवहार गरेर भागेकी ती महिलालाई महिला प्रहरीले नजिकैको सार्वजनिक शौचालयमा लुकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

लगत्तै ती महिलालाई प्रहरीको भ्यानमा चढाएर चारआलीबाट अन्यत्र लगिएको थियो । पक्राउ परेकी महिलाको नाम खुलेको छैन । प्रत्यक्षदर्शीहरुका अनुसार पक्राउ परेकी महिलाको पसल आज अतिक्रमण हटाइएको क्षेत्रमै रहेको छ ।onlinebata

Leave a Reply

Your email address will not be published. Required fields are marked *