cURL Error: 0 अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका शाखा गठन अध्यक्षमा - पूर्व खबर

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका शाखा गठन अध्यक्षमा

नेपालमा ‘अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिका’ को शाखा गठन

काठमाडौंपत्रकारिताको स्वतन्त्रता र पेशागत विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिका’ को नेपाल शाखा गठन गरिएको छ। शनिबार काठमाडौँमा सम्पन्न एक भेलाले १९ सदस्यीय कार्यसमिति चयन गर्दै नेपाल शाखाको औपचारिक गठन गरेको हो।

नेपाल शाखाको नेतृत्वमा पत्रकार कृष्णा पौडेल

भेलाले न्युज एजेन्सी नेपालकी प्रधान सम्पादक एवं रेडियो कान्तिपुरकी पूर्व सहसम्पादक कृष्णा पौडेलको अध्यक्षतामा १९ सदस्यीय समिति चयन गरेको छ।

निर्वाचित कार्यसमिति

  • अध्यक्ष: कृष्णा पौडेल
  • उपाध्यक्षहरू: रुपा घिमिरे, वैकुण्ठ भण्डारी, शिव दाहाल
  • सचिव: सोबिता रिसाल
  • कोषाध्यक्ष: पवन पौडेल

त्यसैगरी, बोर्ड अफ डाइरेक्टरमा शोभा अर्याल, आलोक तिवारी, राज ढुङ्गाना, विनोद घिमिरे, सन्तोष मिश्र, गोमा परियार, लक्ष्मी दाहाल, शिरोमणि दवाडी, विमल योगी, हुमनाथ पौडेल, टङ्ककला तिमिल्सिना, राजीव भट्टराई र युवगाह मगर रहेका छन्।

संस्थाको उद्देश्य र भूमिका

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिकाका अध्यक्ष रामप्रसाद खनालको विशेष उपस्थितिमा सम्पन्न भेलाले पत्रकारितालाई राजनीतिभन्दा बाहिर राख्दै स्वतन्त्र पत्रकारहरूको नेटवर्कका रूपमा संस्थालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

अध्यक्ष खनालका अनुसार अमेरिकामा स्थापित अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको पहिलो अन्तर्राष्ट्रिय शाखाका रूपमा नेपाल शाखा गठन गरिएको हो।

सल्लाहकार टोली

नेपाल शाखाको सल्लाहकारमा टङ्क पन्त, जीवराम भण्डारी, केदार कोइराला, अखण्ड भण्डारी, कमला विश्वकर्मा, युवराज विद्रोही, डा. राजेश अहिराज तथा कानुनी सल्लाहकारका रूपमा गणेश घिमिरे ‘सुजन’ रहेका छन्।

नवनिर्वाचित अध्यक्षको भनाइ

नवगठित नेपाल शाखाका अध्यक्ष कृष्णा पौडेलले आफूलाई पेसागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता सङ्गठनका रूपमा महासङ्घले विश्वास गरेर दिएको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताइन्।

नेपालमा स्वतन्त्र पत्रकारिताको प्रवर्द्धन, पत्रकारहरूको पेशागत सुरक्षा र अन्तर्राष्ट्रियस्तरमा नेपाली पत्रकारितालाई सशक्त बनाउने लक्ष्यसहित महासङ्घले काम गर्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *