cURL Error: 0 बिर्तामोडमा पाठेघरको मुखको क्यान्सरको स्किनिङका लागि निःशुल्क स्वास्थ्य शिविर - पूर्व खबर

बिर्तामोडमा पाठेघरको मुखको क्यान्सरको स्किनिङका लागि निःशुल्क स्वास्थ्य शिविर

 


बिर्तामोडमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङका लागि निःशुल्क स्वास्थ्य शिविर

बिर्तामोड, ८ फागुन – बिर्तामोड नगरपालिकाले पाठेघरको मुखको क्यान्सर (VIA) स्क्रिनिङका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। ३० देखि ६० वर्ष उमेर समूहका महिलालाई लक्षित गरी शिविर फागुन ११ देखि १५ गते सम्म सञ्चालन गरिनेछ।

शिविरमा स्तन क्यान्सर, अब्सट्रेटिक फिस्टुला र आङ खस्ने समस्या सम्बन्धी पनि परीक्षण तथा परामर्श सेवा प्रदान गरिने नगर स्वास्थ्य शाखाले जनाएको छ।

चार स्थानमा सेवा उपलब्ध

शिविर नगरका चार विभिन्न स्थानमा सञ्चालन हुने छ:

  • फागुन ११ – आधारभूत स्वास्थ्य केन्द्र, वडा नं. १
  • फागुन १२ – वडा नं. १०
  • फागुन १३ – वडा नं. ९
  • फागुन १५ – बिर्तामोड नगर अस्पताल

नगरका अन्य वडाका व्यक्तिहरूले पनि आफूलाई पायक पर्ने स्थानमा गएर सेवा लिन सक्नेछन्।

पाठेघरको मुखको क्यान्सर महिलाहरूमा सर्वाधिक

नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सर्वाधिक रहेको छ। प्रारम्भिक अवस्था मै जाँच गराउँदा उपचार सम्भव हुने भएकाले नगरपालिकाले यस शिविरलाई विशेष महत्व दिएको छ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले महिलाहरूलाई शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण गराउन आग्रह गर्नुभएको छ। उहाँले भन्नुभयो, “रोगबाट हुने जोखिम कम गर्न समयमै जाँच गराउनु आवश्यक छ। स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *