cURL Error: 0 मेचीनगर न्यायिक समितिमा दर्ता १३७ मुद्दामध्ये ८२ मुद्दा फर्छ्यौट - पूर्व खबर

मेचीनगर न्यायिक समितिमा दर्ता १३७ मुद्दामध्ये ८२ मुद्दा फर्छ्यौट

मेचीनगर ९ फागुन: राजकुमार ओली

मेचीनगर – मेचीनगर नगरपालिकाको न्यायिक समितिमा दर्ता भएका १३७ मुद्दामध्ये ८२ वटा फर्छ्यौट भएका छन्।

आर्थिक वर्ष २०७९/८० बाट २०८०/८१ मा सारिएका ३१ मुद्दागत असार मसान्तसम्म दर्ता भएका १०६ मुद्दा गरी जम्मा १३७ वटा मुद्दा रहेको नगरपालिकाको न्यायिक समितिले जनाएको छ।

मुद्दाको वर्गीकरण

न्यायिक समितिकी अधिकृत छैटौँ इन्दिरा खरेलका अनुसार यी मुद्दाहरू विभिन्न प्रकारका छन्।

  • ५२ वटा – जग्गा साँध सीमाना सम्बन्धी
  • ३५ वटा – लेनदेन सम्बन्धी
  • ५ वटा – अंश सम्बन्धी
  • २ वटा – क्षतिपूर्ति सम्बन्धी
  • ६ वटा – पारिवारिक विवाद सम्बन्धी
  • १० वटा – बाटो, पैनी, ड्रेन अतिक्रम सम्बन्धी
  • १ वटा – पोखरी ठेक्का सम्बन्धी
  • १ वटा – हिसाब फरफारक सम्बन्धी
  • ४ वटा – निर्माण कार्य रोक्का सम्बन्धी
  • १ वटा – वातावरण प्रदूषण सम्बन्धी
  • १ वटा – वैदेशिक रोजगार सम्बन्धी
  • १ वटा – गाली बेइज्जती सम्बन्धी
  • २ वटा – घर टहरा, टावर हटाउने सम्बन्धी
  • २ वटा – घर भाडा दिलाउने सम्बन्धी
  • ५ वटा – घर खाली गराउने सम्बन्धी
  • ६ वटा – जग्गा रोक्का सम्बन्धी
  • १ वटा – नागरिकता बनाई दिने सम्बन्धी
  • १ वटा – धरौटी रकम बुझाउने सम्बन्धी
  • १ वटा – जग्गा नामसारी गराउने सम्बन्धी

समितिको भनाइ

मेचीनगर नगरपालिकाकी उपप्रमुख एवम् न्यायिक समिति संयोजक मीना पोखरेल उप्रेतीका अनुसार न्यायिक समितिमा दर्ता भएका १३७ मध्ये ८२ वटा मुद्दा फर्छ्यौट भइसकेका छन् भने ५५ वटा मुद्दा मेलमिलाप प्रक्रियामा छन्।

उनी भन्छिन्, “न्यायिक समितिको उद्देश्य विवाद समाधान र मेलमिलापलाई प्रोत्साहन गर्नु हो। स्थानीय स्तरमै समस्या हल गर्न पाएकोमा सन्तोष छ।”

न्यायिक समितिको भूमिका

न्यायिक समितिले स्थानीय तहमा साना कानुनी विवादहरूको समाधान, मेलमिलाप प्रक्रियाको प्रवर्द्धन, र नागरिकका कानुनी आवश्यकताहरू सम्बोधन गर्ने काम गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *