cURL Error: 0 प्रथम कोशी खेलकुद महोत्सवअन्तर्गत चेस प्रतियोगिता सुरु - पूर्व खबर

प्रथम कोशी खेलकुद महोत्सवअन्तर्गत चेस प्रतियोगिता सुरु

राजकुमार ओली विराटनगर

विराटनगर – कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा संयोजित प्रथम कोशी खेलकुद महोत्सव अन्तर्गत चेस (बुद्धिचाल) प्रतियोगिता बुधबारबाट सुरु भएको छ। विराटनगरस्थित मारवाडी सेवा सदनको सभाकक्षमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) ले गर्नुभएको हो ।

उद्घाटन समारोहमा प्रमुख अतिथि बस्नेतले आगामी वर्षदेखि खेल संघहरूसँग साझेदारी गर्दै बुद्धिचालसहित अन्य खेलहरूको विकास गर्दै जाने प्रतिबद्धता गर्नुभएको छ।

प्रदेशभरिका ८२ खेलाडीको सहभागिता

नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा सञ्चालित यस प्रतियोगितामा कोशी प्रदेशका ८२ जना खेलाडी सहभागी छन्। प्रतियोगितालाई प्रत्यक्ष प्रसारण समेत गरिएको छ।

२ लाख १ हजार रुपैयाँ नगद पुरस्कार

प्रतियोगितामा सहभागी खेलाडीहरूबीच २ लाख १ हजार रुपैयाँ नगद पुरस्कारका लागि प्रतिस्पर्धा हुनेछ।

  • पहिलो स्थान प्राप्त गर्ने खेलाडीले रु. ५० हजार
  • अन्य विजेताहरूलाई पनि विभिन्न नगद पुरस्कार प्रदान गरिनेछ।

शुभारम्भ समारोहमा विशिष्ट व्यक्तिहरूको उपस्थिति

झापा जिल्ला बुद्धिचाल संघका अध्यक्ष भुपेन्द्र निरौलाको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा सदस्यसचिव कृष्ण बस्नेत र महासचिव धरम बहादुर लामाले चेस गोटी चालेर प्रतियोगिताको शुभारम्भ गरे

उक्त समारोहमा राठी ग्रुपका सञ्चालक अरुण राठी, बुद्धिचाल महासंघका केन्द्रीय सदस्य शुशिला गुरुङ, प्रदेश अध्यक्ष सुरेन्द्र राई, उपाध्यक्ष नारायण खतिवडा, पूर्व केन्द्रीय सदस्य द्वय विश्व विजय घिमिरे र कृष्णप्रसाद सिग्देल, उप प्रमुख निर्णायक फिडे आर्विटर (एफए) सोराज ताम्राकार लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन लोकसागर साम्बाले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *