cURL Error: 0 आठराईमा नेतृत्व विकास तालिम सम्पन्न - पूर्व खबर

आठराईमा नेतृत्व विकास तालिम सम्पन्न

आठराई १८ फागुन

‘हाम्रो नेतृत्व, हाम्रो अभियान’ संस्थाद्वारा आयोजित उद्घोषण कला तथा नेतृत्व विकास तालिम आठराई गाउँपालिकामा सम्पन्न भएको छ ।
आठराई गाउँपालिकाको आर्थिक सहयोगमा गत १६ गते शुक्रबारबाट सुरु गरिएको तालिम आइतबार सम्पन्न भएको हो।
हाम्रो नेतृत्व हाम्रो अभियानले आठराई गाउँपालिकाका सातवटै वडाका ४५ जना महिलाहरूलाई लक्षित गरी तालिम आयोजना गरेको बताएको छ ।
गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा तालिम प्रशिक्षक लीला अनमोललाई समेत आयोजकले बताएको छ।
गाउँका महिलाहरूलाई नेतृत्व सशक्तीकरणमा टेवा पुर्याउने लक्ष्यका साथ यो तालिम आयोजना गरिएको आयोजकले बताएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *