cURL Error: 0 कन्काईमा एक युवाले गरे आत्मदह प्रयास: बिएनसीमा गम्भीर अवस्थामा उपचार हुँदै - पूर्व खबर

कन्काईमा एक युवाले गरे आत्मदह प्रयास: बिएनसीमा गम्भीर अवस्थामा उपचार हुँदै

झापाको कन्काईमा युवाको आत्मदाह प्रयास, गम्भीर अवस्थामा अस्पतालमा उपचार

झापा, २९ फागुन— झापाको कन्काई नगरपालिका-४ स्थित कोटिहिम नजिक एक युवाले आत्मदाह प्रयास गरेका छन्। सुनसरी इनरुवा नगरपालिका-९ बलाहका १९ वर्षीय मिकेश चौधरीले बुधबार दिउँसो करिब १२:२५ बजे पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका हुन्।

चौधरी सोही दिन बिर्तामोड-४ स्थित एक सोफा हाउसमा काम गर्न आएका थिए। आत्मदाह प्रयास गरेपछि स्थानीयहरूले तत्काल प्रहरीलाई खबर गरी उद्धार गरेका थिए। उनलाई बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका लागि लगिएको छ।

अस्पताल स्रोतका अनुसार चौधरीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ। उनका दुबै हात, पिसाब थैलीको केही भाग, कम्मर, दुबै कानसहित शरीरका अन्य भागमा गम्भीर चोट पुगेको छ। हाल उनको अवस्था गम्भीर रहेको जनाइएको छ।

आत्मदाह प्रयासको कारण भने खुल्न बाँकी छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *