cURL Error: 0 कोशी स्तरीय टि_२० क्रिकेट विराटनगरमा सुरु - पूर्व खबर

कोशी स्तरीय टि_२० क्रिकेट विराटनगरमा सुरु

विराटनगर, चैत १३
। विराटनगर-१९ स्थित बैजनाथपुर क्रिकेट रंगशालामा मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा प्रदेशस्तरीय टि-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)ले गर्नुभयो।

नेपाल क्रिकेट संघबाट मान्यता प्राप्त कोशी प्रदेशका ६ जिल्लाका टिमहरूको सहभागिता रहेको प्रतियोगिता एक हप्ता चल्नेछ। उद्घाटन समारोहमा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य थलु राजभण्डारी, जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष सुरज बहादुर श्रेष्ठ, नेकपा एमाले विराटनगर महानगर अध्यक्ष एवं मोरङ जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष रोहित कोइराला, विराटनगर महानगरपालिका वडा नं. १९ का अध्यक्ष श्याम घिमिरे लगायतको उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा वक्ताहरूले प्रतियोगिताले कोशी प्रदेशमा क्रिकेटको विकास र खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। साथै, सम्पूर्ण सहभागी खेलाडीलाई सफल खेल जीवनको शुभकामना दिइयो।

प्रतियोगिताका खेलहरू आगामी दिनमा रोमाञ्चक हुने अपेक्षा गरिएको छ। आयोजकका अनुसार विजयी टिमलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *