cURL Error: 0 खेलकुद महासंघ कोशी प्रदेश कमिटीको दोस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन - पूर्व खबर

खेलकुद महासंघ कोशी प्रदेश कमिटीको दोस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

 

बिराटनगर, २०८२ जेठ १७ ।
नेपाल खेलकुद महासंघ (Necos) कोशी प्रदेश कमिटीको दोस्रो अधिवेशन बिराटनगरमा भव्य रूपमा सम्पन्न भएको छ।

अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ, जसमा अध्यक्षमा कमरेड रोहित कोइराला निर्वाचित भएका छन्।

नवगठित कमिटीको नामावली यसप्रकार छः

  • अध्यक्षः क. रोहित कोइराला
  • उपाध्यक्षः क. भिम लिबाङ्ग
  • महिला उपाध्यक्षः क. सृजना भुजेल
  • सचिवः क. हेमन्त सुवेदी
  • उपसचिवद्वयः क. सुरज साँवा, क. कर्ण थापा
  • कोषाध्यक्षः क. सुरेश गिरी

यसैगरी, अन्य निर्वाचित सदस्य कमरेडहरूलाई पनि बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

कार्यक्रममा बोल्दै नेपाल खेलकुद महासंघ (Necos) का केन्द्रीय अध्यक्ष परशुराम बस्नेतले कोशी प्रदेश कमिटीको नयाँ नेतृत्वलाई बधाई दिंदै खेलकुद क्षेत्रको विकास र सुदृढीकरणका लागि एकजुट भएर काम गर्नुपर्ने धारणा राखे। उनले भने, “प्रदेश कमिटीको नयाँ नेतृत्वले खेलकुद क्षेत्रमा नयां ऊर्जा भर्ने विश्वास लिएको छु। खेलकुद मात्र शारीरिक विकासको माध्यम होइन, समाज रूपान्तरणको ठूलो अभियान पनि हो।”

यस अधिवेशनले कोशी प्रदेशमा खेलकुद क्षेत्रको गतिशीलता बढाउने र युवा सहभागिता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ। नयाँ नेतृत्वलाई कोशी प्रदेशका खेलकुदकर्मीहरू, शुभचिन्तकहरू र महासंघको केन्द्रीय समितिले हार्दिक शुभकामना दिएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *