cURL Error: 0 पूर्वमन्त्री डिगबहादुर लिम्बु र संविधानसभा सदस्य उषा गुरुङको विवाह : राजनैतिक र व्यक्तिगत जीवनको नयाँ अध्याय - पूर्व खबर

पूर्वमन्त्री डिगबहादुर लिम्बु र संविधानसभा सदस्य उषा गुरुङको विवाह : राजनैतिक र व्यक्तिगत जीवनको नयाँ अध्याय

राजकुमार ओली, १९ जेठ: मेचीनगर

काँकरभिट्टा निवासी तथा संविधानसभा सदस्य उषा गुरुङले मोरङका नेता र पूर्व युवा तथा खेलकुद विकास मन्त्री डिगबहादुर लिम्बुसँग विवाह गरेकी छिन्।

लिम्बुको लेटाङस्थित घरमा एक महिनाअघि औपचारिक रूपमा विवाह गरिएको गुरुङले बताइन्। गुरुङले सामाजिक सञ्जालमा लिम्बुसँगको तस्बिर सार्वजनिक गर्दै “मेरो संसार” भन्दै विवाहको खबर पुष्टि गरेकी छन्।

राजनैतिक जीवनमा दुवैको आ–आफ्नै उचाइ छ। गुरुङ २०६४ र २०७० सालमा संविधानसभा सदस्य भइसकेकी छिन् भने उनी नेपाली कांग्रेस महासमिति सदस्यसमेत हुन्। लिम्बु नेपाली कांग्रेस मोरङका सभापति हुन् र हाल मोरङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। उनी २०८० वैशाखमा नेपाली कांग्रेसबाट युवा तथा खेलकुद विकास मन्त्रीमा नियुक्त भएका थिए।

उषा गुरुङको अघिल्लो वैवाहिक सम्बन्ध विच्छेद भइसकेको थियो भने लिम्बुको श्रीमती गंगामायाको निधन २०८० पुसमा भएको थियो। लिम्बुका एक छोरा र एक छोरी छन्।

राजनैतिक पृष्ठभूमिमा डिगबहादुर लिम्बु प्रदेश १ का एकजना प्रभावशाली नेता हुन्। उनले मोरङ क्षेत्र नं. १ बाट नेपाली कांग्रेसको बलियो पकड कायम राख्दै प्रतिनिधिसभा जितेका छन्। लिम्बु नेतृत्वको समयमा युवा तथा खेलकुद क्षेत्रमा विभिन्न नीति तथा कार्यक्रमहरू अघि सारिएका थिए। यसका साथै लिम्बु कांग्रेसभित्र मिलनसार र समन्वयकारी नेताका रूपमा चिनिन्छन्।

उषा गुरुङ पनि आफ्नो समयमा संविधानसभा सदस्यका रूपमा प्रभावशाली भूमिका निर्वाह गरिसकेकी छिन्। सामाजिक न्याय र महिलाको अधिकारका क्षेत्रमा सक्रिय गुरुङ नेपाली कांग्रेसको महिला नेतृका रूपमा स्थापित छिन्।

दुवैको विवाहले व्यक्तिगत रूपमा नयाँ अध्याय सुरु गरेको छ भने कांग्रेसभित्र पनि नयाँ सकारात्मक सन्देश गएको छ। दुई जना अनुभवी नेताहरूको सहकार्यले सामाजिक र राजनीतिक क्षेत्रमा थप योगदान पुग्ने आशा गरिएको छ।

यस विवाहसँगै लिम्बु र गुरुङको पारिवारिक जीवनमा नयाँ उमङ्गको साथै नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा समेत नयाँ चासो देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *