cURL Error: 0 ओली वंश अक्षय कोषको स्मारिका, महत्वपूर्ण दस्तावेज बन्दै - पूर्व खबर

ओली वंश अक्षय कोषको स्मारिका, महत्वपूर्ण दस्तावेज बन्दै

राजकुमार ओली २६ जेठ काठमाडौँ

नेपालका ओलीहरूको समृद्ध इतिहास, वर्तमान योगदान र सामाजिक गतिविधिलाई समेट्दै ओलीवंश अक्षय कोष, काठमाडौंले प्रकाशन गरेको “ओलीवंश स्मारिका” पाठकहरूका  लागि महत्वपूर्ण दस्तावेज बनेको छ।

उक्त स्मारिकामा नेपालको भौगोलिक भूभागमा ओलीहरूको आगमनदेखि लिएर उनीहरूले देश र समाजमा पुर्याएका योगदान विस्तृत रूपमा समेटिएको छ।

अक्षय कोषका  अध्यक्ष केशव मणि ओलीका अनुसार, स्मारिकामा ओलीहरूको विगत, वर्तमान, सामाजिक भूमिका र राष्ट्रियस्तरमा पुर्याएको योगदान समेटिएको छ। अक्षयकोषको

महासचिव तुलसीराम ओलीले बताएअनुसार स्मारिकाले ओलीहरूको ऐतिहासिक पृष्ठभूमि, विकासक्रम र राज्य सरकारप्रतिको योगदानलाई समेत समेटेर सारगर्भित दस्तावेज तयार पारिएको छ।

कोषमा सल्लाहकार संरक्षक डा. पुण्यप्रसाद ओली रहेका छन् भने डा. कृष्णप्रसाद ओली, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, डा. कृष्णकुमार ओली, गंगाप्रसाद ओली र हेमन्त प्रकाश ओली लगायत विशिष्ट व्यक्तित्वहरू सल्लाहकारका रूपमा संलग्न छन्। कोषका सदस्य अविकेशर ओलीका अनुसार, ओली वंशका अग्रज र विज्ञहरूले गरेका योगदानमूलक कार्यहरूलाई संस्थागत रूपमा अगाडि बढाउन यो कोषको भूमिका महत्वपूर्ण हुँदै आएको छ।

पुरस्कार स्थापना र सम्मान कार्यक्रम

ओलीवंश समन्वय केन्द्रीय समिति र झापा समितिले विभिन्न कालखण्डमा समाजसेवा, शिक्षा, स्वास्थ्य, इन्जिनियरिङ, प्रशासन लगायत विविध क्षेत्रमा योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएका छन्। यस क्रममा कोष तथा समितिले थुप्रै राष्ट्रियस्तरका पुरस्कारहरू स्थापना गरेको छ। तीमध्ये प्रमुख पुरस्कारहरू यस्ता छन्:

इन्द्रप्रसाद-जसोदा ओली पुरस्कार

जगतमणि-सरस्वती ओली पुरस्कार

जयप्रसाद-भगमाया ओली स्मृति एकल सम्मान पुरस्कार

प्रेमप्रसाद-रामकुमारी ओली पुरस्कार

रामप्रसाद-देविमाया ओली पुरस्कार

परिशीलन ओली स्मृति इन्जिनियरिङ पुरस्कार

श्रीप्रसाद-अम्बिकादेवी ओली स्मृति उत्कृष्ट पुरस्कार

त्रैलोकीयप्रसाद-हरिमाया ओली स्मृति एमबिबिएस पुरस्कार

प्रज्ञा श्रेष्ठ ओली स्मृति पुरस्कार

यी पुरस्कारमार्फत समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्तिहरू र संस्थाहरूलाई नियमित रूपमा सम्मान गरिँदै आएको छ।

भौतिक पूर्वाधार र सामाजिक कार्यक्रम

हाल ओलीवंश समन्वय समितिको केन्द्रीय कार्यालय बिर्तामोड–४ मा आधुनिक तीन तले भवन निर्माण भइसकेको छ। कन्काई नगरपालिकामा पाँच कठ्ठा जग्गा दाता परिवारका राजु ओलीको सहयोगमा प्राप्त भएको छ। सो जग्गामा ओली सभा हल, ओलीकुल मन्दिर र सामाजिक गतिविधिका लागि आवश्यक पूर्वाधार निर्माणको तयारी भइरहेको छ।

केन्द्रीय सल्लाहकार प्रेमप्रकाश ओलीका अनुसार, नेपालका  विभिन्न जिल्लाहरूमा रहेका ओलीहरूको पहिचान ,बसोबासको अवस्था र सामाजिक योगदानहरुको महत्वलाई समेत अध्ययन गर्दै तथ्याङ्क संकलन कार्य अगाडि बढाइएको बताउनुभएको छ।  साथै, नेपालभरका ओलीहरूको एकता, परिचयात्मक सम्बन्ध विस्तार तथा सामाजिक र आर्थिक विकासका काममा समेत समिति सक्रिय रूपमा संलग्न रहँदै आएको बताए ।

ओलीवंश अक्षय कोष र समन्वय समितिको यो प्रयासले समुदायको गौरव अभिवृद्धि गर्नुका साथै राष्ट्र निर्माणमा योगदान पुर्याउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *