खेलकुद महासङ्घको पदाधिकारी बैठक सम्पन्न_अध्यक्ष बस्नेत भन्छन् ओलीको विकल्प छैन।

 

काठमाडौं, १५ साउन (पूर्व खबर)

नेपाल खेलकुद महासङ्घको केन्द्रीय पदाधिकारी बैठक राजधानीको बानेश्वर हाइटस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ।

केन्द्रीय अध्यक्ष परशुराम बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त बैठकले संगठन सुदृढीकरण, भावी कार्यक्रम र सांगठनिक अनुशासनबारे गहन छलफल गरेको महासङ्घले जनाएको छ।

बैठकमा अध्यक्ष बस्नेतले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीप्रति दृढ समर्थन जनाउँदै भने, “ओली राष्ट्रको आवश्यकता हुन्, विकल्प होइन। अहिलेको राजनीतिक, सामाजिक र राष्ट्रिय चुनौतीको सामना गर्न सक्ने दृढ, स्पष्ट र निडर नेतृत्व ओलीसंग मात्रै छ।”

कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित महासङ्घका इन्चार्ज जगन्नाथ थपलियाले संगठनात्मक एकता र समन्वयमा जोड दिनुहुँदै वर्तमान नेतृत्वको सक्रियता सराहनीय रहेको बताए।

बैठकमा सहभागी पदाधिकारीहरूको सूची यसप्रकार रहेको थियो:

अध्यक्ष : परशुराम बस्नेत

प्रमुख अतिथि/इन्चार्ज : जगन्नाथ थपलिया

उपाध्यक्ष : धर्मकुमार श्रेष्ठ, निरेशलाल सिंह महर्जन, तिरणदाज गौतम, नन्दा बस्याल, सन्जु महर्जन

महासचिव : धरमबहादुर लामा

सचिव : पनिर अधिकारी, शिवजी गुप्ता, विष्णु चन्द, प्रभुनारायण शिवाकोटी, तीर्थबहादुर खड्का, विप्लव घोष, विष्णुदत्त

कोषाध्यक्ष : उज्ज्वल सुवेदी

बैठकमा सहभागिता जनाएका केन्द्रीय प्रचार विभागका सचिव राजकुमार ओलीले महासङ्घले राष्ट्रिय खेल नीति र खेलकुद विकासमा अग्रसर भूमिका खेल्ने तयारी गरिरहेको जानकारी दिए।

बैठकले आगामी दिनमा प्रदेशस्तरीय खेल प्रतियोगिता सञ्चालन गर्ने, खेलाडीलाई बीमा कार्यक्रममा समावेश गर्ने, र स्थानीय तहसँग सहकार्य गरेर समुदायस्तरमा खेल संरचना विस्तार गर्ने विषयमा समेत निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array