काठमाडौं, २८ साउन २०८२ –
राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन (राप्रयुसंघ) काठमाडौं जिल्ला समिति विभाजित भएको छ। जिल्ला अधिवेशन भित्रै उत्पन्न विवादपछि डा. धवलशम्शेर राणा निकट समूहले समानान्तर समिति घोषणा गरेको हो।
आज चाबहिलमा सम्पन्न हुने भनिएको जिल्ला अधिवेशनमा दुई पक्षका कार्यकर्ताबीच हात हालाहाल भएपछि अध्यक्ष राजेन्द्र लिङदेनले अधिवेशन स्थगित गर्ने घोषणा गरेका थिए। कार्यक्रमस्थलमै युवाबीच झडप भएपछि लिङदेनले बाह्य घुसपैठको संकेत गर्दै मञ्च छोडेर हिँड्नुभएको थियो।
लिङदेन कार्यक्रमस्थल छोडिसकेपछि असन्तुष्ट समूहले ज्योति लामाको अध्यक्षतामा स्वतः नयाँ जिल्ला समिति निर्वाचित भएको घोषणा गरेको छ।
यस घटनाले राप्रयुसंघ काठमाडौंको नेतृत्वमा स्पष्ट दुई खेमाको विभाजन झल्किएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।





