cURL Error: 0 झापा इनर्जीको सर्वसाधारणका लागि आईपीओ जारी - पूर्व खबर

झापा इनर्जीको सर्वसाधारणका लागि आईपीओ जारी

 

झापा इनर्जी लिमिटेडले  सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ४ लाख ७३ हजार ३३६ कित्ता शेयर जारी गरेको हो। यो आईपीओको कुल आकार ४ करोड ७३ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको रहेको छ।

कम्पनीद्वारा निष्कासन गरिएका शेयरमध्ये २८ हजार ५१४ कित्ता सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का लागि र ११ हजार ४०६ कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ। बाँकी ४ लाख ३३ हजार ४१६ कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो।

आवेदन विवरण:

लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन ‘मेरो सेयर’ मार्फत अनलाइन तथा सी–आस्वा सेवामा आबद्ध बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालयमार्फत गर्न सकिनेछ।

यो आईपीओ छिटोमा भदौ २४ गते र ढिलोमा असोज ३ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।

क्रेडिट रेटिङ:

इक्रा नेपाल लिमिटेडले झापा इनर्जी लिमिटेडलाई ‘ICRA NP B- (सिंगल बी माइनस)’ रेटिङ दिएको छ, जसले लगानीमा तुलनात्मक रूपमा उच्च जोखिम रहेको संकेत गर्दछ।

बिक्री प्रबन्धक:

यस आईपीओको बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेड ले लिएको छ।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयवासी तथा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि प्राथमिक शेयर जारी गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *