ओलीसहित ५ जनाको पासपोर्ट रोक्का गर्ने निर्णय-एमालेको गम्भीर आपत्ति

 

काठमाडौँ, असोज १३

नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्ने सरकारी सिफारिसमाथि आपत्ति जनाएको छ। आइतबार गुण्डुमा बसेको पार्टी सचिवालय बैठकपछि एमालेले उक्त निर्णयलाई राजनीतिक पूर्वाग्रहपूर्ण भन्दै असन्तोष प्रकट गरेको हो।

बैठकपछि पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले पत्रकारहरूसँग कुरा गर्दै सरकारको कदमप्रति गम्भीर आपत्ति रहेको बताए। उनले भने, “राहदानी रोक्काका लागि गरिएको सिफारिसबारे आएका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यसमा हाम्रो प्रष्ट आपत्ति छ।”

ज्ञवालीका अनुसार एमालेले यो कदमलाई राजनीतिक उद्देश्यसहित गरिएको दाबी गरेको छ। उनले सरकारले विपक्षी नेताहरूमाथि दवाव सिर्जना गर्न गैरकानुनी अभ्यास थालेको आरोप लगाए। एमालेको बैठकले यस्तो निर्णयले मुलुकको लोकतान्त्रिक मूल्य र राजनीतिक मर्यादामाथि प्रश्न उठाउने ठहर गरेको छ।

स्रोतका अनुसार सरकारले हालसालै चर्चामा रहेका ठूला प्रकरणसँग सम्बन्धित भन्दै ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्न सिफारिस गरेको हो। तर यस विषयमा औपचारिक रूपमा कुनै निकायले विवरण सार्वजनिक गरेको छैन।

एमाले नेताहरूले सरकारलाई यस्ता कदम तत्काल फिर्ता लिन आग्रह गरेका छन्। उनीहरूका अनुसार आवश्यक परे कानुनी बाटोबाट जवाफ दिन तयार भए पनि व्यक्तिगत स्वतन्त्रता हनन गर्ने खालका निर्णय स्वीकार्य हुने छैनन्।

यसरी, पासपोर्ट रोक्का गर्ने निर्णयसँगै एमाले–सरकारबीचको राजनीतिक तनाव थप चर्किने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array