बिर्तामोड, १५ असोज
दशैं–तिहार नजिकिँदै गर्दा बिर्तामोडमा बजारमा अखाद्य वस्तुको कारोबार बढेको देखिएको छ।
गतवर्ष समेत बजार अनुगमन टोलीले बुधवार बिर्तामोड–४ मा रहेको एभरेस्ट फ्रेस एण्ड फेसन मार्ट र बिर्तामोड–५ मा रहेको सतासी डिपार्टमेन्ट स्टोरबाट अखाद्य वस्तु भेटिएपछि जफत गरिएको थियो।
हाल समेत एभरेस्टमार्टमा किरा परेका खाद्य आइटम र कुहिएका सामग्री देखिएका छन्।

गत वर्ष बिर्तामोड नगरपालिकाको अगुवाइमा गरिएको अनुगमनमा एभरेस्ट मसला मिसावट भएको भेटिएपछि तत्काल बिक्रीवितरणमा रोक लगाइएको थियो भने। साथै केही सहकारी पसलबाट रंग मिसाइएको फ्राई मटर पनि जफत गरिएको थियो ।

अनुगमनका क्रममा एभरेस्ट मार्टमा यसअघि पनि पटक–पटक अखाद्य वस्तु फेला परेको इतिहास दोहोरिएको देखिएको छ। उपभोक्ताले मासु, तरकारी तथा खाद्य वस्तुमा कुहिएको, किरापरेको अवस्था भेटिएको गुनासो गरेका थिए। तर, उपभोक्ताले जानकारी गराउँदा पनि सञ्चालकले “कुहिएका सामान छानेर लान” आग्रह गरेको भन्दै उपभोक्ता थप आक्रोशित बनेका छन्।

स्थानीयहरूले एभरेस्ट मार्टमा कालोबजारी, मूल्यसूची नटाँस्ने, खाद्यसामग्रीमा अखाद्य रंग प्रयोग गर्ने, पेयपदार्थमा खुद्रा मूल्य नराख्नेजस्ता अनियमितता भइरहेको भन्दै कारबाही गर्न माग गरेका छन्।

गतवर्षको बजार अनुगमन टोलीका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल, कार्यपालिका सदस्य तिला गौतम, आन्तरिक राजश्व कार्यालयका टंक पोख्रेल, खाद्य गुणस्तर तथा नापतौल कार्यालयका सुवास वस्ती, उद्योग वाणिज्य संघका सदस्य केदार खनाल, प्रहरी र सञ्चारकर्मीको समेत उपस्थितिमा ओखाद्य वस्तु भेटिएपछि यस्तो घटना नदोर्याउने व्यवसायीहरूले प्रतिबद्धता जनाएका थिए।

नगर उपप्रमुख संग्रौलाले बजारमा उपभोक्तामाथि हुने ठगी र अखाद्य वस्तुको कारोबार सह्य नहुने चेतावनी दिंदै, “यस्ता गतिविधि दोहोरिए कानूनी कारबाही चेतावनी दिएका थिए।

यसअघि पनि एभरेस्ट मार्टबाट अखाद्य वस्तु भेटिएको हुँदा नगरपालिका र उपभोक्ता अधिकार समूहले कडा निगरानी गर्ने घोषणा गरेका हुन ।
तर हाल पनि एभरेस्ट मार्टमा कुहिएका सामान र अखाद्य वस्तु ग्राहकले देखेपछि प्रश्न उठाउँदा सञ्चालकले धम्कीपूर्ण भाषामा कुइएको किरा परेको सामान भए छानेर लान र भिडियो खिच्न समेत अवरोध गरेकाछन । पछिल्ला दिनहरूमा जेन्जीहरूको आन्दोलनपछि अनुगमन गर्न उपभोक्ता जागरण अभियानले पहल गरेको भएपनि समय अनुकूल नभएकोले ग्राहकहरू काला बजारीको ठगीमा परेको भेटिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *