दृष्टि आँखा अस्पतालसँग एनआईसी एशिया बैंकको सम्झौता: सेवामा २० प्रतिशतसम्म छुट, ग्राहक उत्साहित

 

राजकुमार ओली, १६ मङ्सिर काठमाडौं,
एनआईसी एशिया बैंकका ग्राहकका लागि काठमाडौंस्थित दृष्टि आई केयर सिष्टममा उपचार सेवा उपयोग गर्दा २० प्रतिशतसम्म छुट उपलब्ध हुने भएको छ। विशेष छुट उपलब्ध गराउने उद्देश्यले बैंक र दृष्टि आई केयरबीच एक औपचारिक सम्झौता सम्पन्न भएको हो। सम्झौतापछि बैंकका ग्राहकले आँखा, नाक, कान, घाँटी तथा अन्य सम्बन्धित स्वास्थ्य सेवामा डिजिटल भुक्तानीमार्फत आकर्षक छुट पाउने भएपछि ग्राहक उत्साहित बनेका छन्।

बैंकका अनुसार, दृष्टि आई केयरले उपलब्ध गराइरहेको सेवा गुुणस्तर, आधुनिक उपचार विधि र दक्ष चिकित्सकको पहुँचलाई अझ धेरै ग्राहकसम्म पुर्‍याउने उद्देश्यले सहकार्यलाई अघि बढाइएको हो। सम्झौता अनुसार ईएनटी एण्ड जेनरल सर्भिसअन्तर्गत ओपीडी सेवामा २० प्रतिशत र विभिन्न इन्भेस्टिकेसन सेवामा १० प्रतिशत छुट उपलब्ध हुनेछ। त्यस्तै, आँखा उपचार सेवामा ओपीडी जेनरलमा २० प्रतिशत, अपरेसन तथा सर्जरी प्याकेजमा ५ प्रतिशत, प्रयोगशालामा १० प्रतिशत र अप्टिकल प्रडक्टमा ७.५ प्रतिशत छुट प्रदान गरिनेछ।

उक्त सुविधा प्राप्त गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्नु पर्नेछ। नगदरहित कारोबारलाई प्रवद्र्धन गर्दै ग्राहकमैत्री बैंकिङ प्रविधि विस्तारका लागि बैंकले नियमित रूपमा यस्ता सहकार्य गर्दै आएको बताइएको छ। बैंकका प्रवक्ताका अनुसार, “ग्राहकलाई स्वास्थ्य जाँचदेखि विशेषज्ञ उपचारसम्म सहज र किफायती पहुँच दिलाउने उद्देश्यले दृष्टि आई केयरसँगको सहकार्य महत्वपूर्ण चरण हो। यसले आर्थिक सुलभतासँगै डिजिटल भुक्तानी विस्तारमा पनि टेवा पुर्‍याउनेछ।”

दृष्टि आई केयर सिष्टम काठमाडौं उपत्यकामा अत्याधुनिक उपकरण र विशेषज्ञ चिकित्सकसहितको प्रमुख आँखा तथा ईएनटी सेवा प्रदायक संस्था मानिन्छ। नियमित आँखा परीक्षणदेखि मोतिविन्दु सर्जरी, रेटिना सेवा, चश्मा तथा लेन्स सेवा, कर्ण–नाक–घाँटीसम्बन्धी उपचारलगायत व्यापक सेवा यहाँ उपलब्ध छन्। अस्पतालका अनुसार, उपचारमा दक्षता, सेवा विस्तार तथा प्रमाणिक शुल्कका कारण दृष्टि आई केयरमा भर्नेको संख्या निरन्तर बढ्दो छ।

हस्पिटलले एनआईसी एशिया बैंकसँगको सहकार्यलाई स्वागत गर्दै यसले उपचारमा सहजता, किफायती सुविधा र डिजिटल भुक्तानी संस्कृतिलाई मजबुत बनाउने जनाएको छ। अस्पतालका एक प्रतिनिधिले भने, “बैंकका हजारौँ ग्राहकका लागि यस सम्झौताले राहत दिलाउनेछ। विशेष गरी नियमित उपचारमा आउने बिरामीलाई छुटले थप सहयोग पुर्‍याउँछ।”

स्वास्थ्य सेवा र डिजिटल बैंकिङलाई एकसाथ जोडेर सेवा विस्तार गर्ने उद्देश्यले गरिएको सहकार्यले मुलुकमा डिजिटल भुक्तानी प्रवर्धनमा सकारात्मक असर पर्ने बैंकले विश्वास व्यक्त गरेको छ। विशेष छुट योजनाले बैंकका ग्राहकलाई गुणस्तरीय सेवा सुलभ लागतमा प्राप्त गर्न मार्ग प्रशस्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array