दमक ,१७ पुष,
दिब्यदृष्टि भेनेरेसन एण्ड एग्रो कन्सर्न प्रा.लि. अन्तर्गत सञ्चालित दिब्यदृस्टी पूजा सामग्री उद्योग ले BTE Startup Fest 2025 मा कोशी प्रदेशबाट Top 4 Startups भित्र स्थान सुरक्षित गर्दै National Idea Hunt (NIH) Season 9 मा सिधै प्रवेश पाएको छ। यस सफलतासँगै उद्योगले राष्ट्रिय स्तरमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ।
कृषि, पूजा सामग्री उत्पादन तथा सामाजिक उद्यमशीलतालाई एकसाथ जोडेर अघि बढिरहेको दिब्यदृस्टी पूजा सामग्री उद्योगको यो उपलब्धिलाई ऐतिहासिक सफलता मानिएको छ। स्थानीय स्रोत, स्थानीय श्रम र नवप्रवर्तनमा आधारित व्यवसाय मोडलमार्फत उद्योगले छोटो समयमै उल्लेखनीय प्रगति गरेको आयोजक तथा सहभागीहरूले बताएका छन्।
BTE Startup Fest 2025 मा प्रस्तुत गरिएको व्यवसायिक अवधारणाले निर्णायक समितिको ध्यान खिच्दै कोशी प्रदेशका उत्कृष्ट चार स्टार्टअपमध्ये स्थान सुरक्षित गर्न सफल भएको हो। यससँगै दिब्यदृस्टी पूजा सामग्री उद्योगले देशभरका प्रतिस्पर्धी स्टार्टअपहरूसँग प्रतिस्पर्धा गर्ने National Idea Hunt Season 9 मा सिधै प्रवेश पाएको छ।
उद्योगको यस सफलतामा नेतृत्वदायी भूमिका निर्वाह गरेकी बबिता तिम्सिना पोखरेललाई मुख्य श्रेय दिइएको छ। उहाँको दूरदृष्टि, निरन्तर मेहनत, नवप्रवर्तनप्रतिको प्रतिबद्धता र सामाजिक उत्तरदायित्वले उद्योगलाई राष्ट्रिय मञ्चसम्म पुर्याएको उद्योगले जनाएको छ।
उद्योगले यो सफलता केवल आफ्नो मात्र नभई आफूलाई विश्वास गर्ने पूजा सामग्री पसल, थोक तथा खुद्रा व्यापारी, उपभोक्ता, उत्पादनमा संलग्न किसान, महिला उद्यमी, सहकर्मी, शुभेच्छुक तथा सम्पूर्ण झापा र कोशी प्रदेशवासीको साझा उपलब्धि भएको उल्लेख गरेको छ।
कार्यक्रमका आयोजक Idea Studio Nepal, Birat Trade Expo तथा BTE Startup Fest 2025 परिवारप्रति उद्योगले हार्दिक धन्यवाद व्यक्त गरेको छ। आयोजकहरूको सहकार्य र प्लेटफर्मले स्थानीय उद्यमलाई राष्ट्रिय पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेलेको उद्योगको भनाइ छ।
यस सफलतासँगै दिब्यदृस्टी पूजा सामग्री उद्योगले अब स्थानीयबाट राष्ट्रिय र राष्ट्रियबाट अन्तर्राष्ट्रिय बजारतर्फ अघि बढ्ने प्रतिबद्धता जनाएको छ। आगामी दिनमा उत्पादन विस्तार, बजार प्रवर्द्धन र सामाजिक उद्यमशीलताको माध्यमबाट थप सशक्त रूपमा अघि बढ्ने उद्योगले जनाएको छ।





