cURL Error: 0 नेपाल निर्माण व्यवसायी महासंघको २६ औं साधारण सभा तथा निर्वाचन अनिश्चित - पूर्व खबर

नेपाल निर्माण व्यवसायी महासंघको २६ औं साधारण सभा तथा निर्वाचन अनिश्चित

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २६ औं साधारण सभा तथा निर्वाचन अनिश्चित बनेको छ। निर्वाचन आयोगले शुक्रबार एक सूचना जारी गर्दै महासंघलाई तत्कालका लागि साधारण सभा तथा निर्वाचन स्थगित गर्न अनुरोध गरेपछि कार्यक्रम अन्योलमा परेको हो।
महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामाका अनुसार आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका कारण देशभर निर्वाचन आचारसंहिता लागू भइसकेकोले आयोगले हाललाई साधारण सभा स्थगित गर्न निर्देशन दिएको हो। आयोगबाट अर्को सूचना जारी नभएसम्म साधारण सभा स्थगित रहने उनले जानकारी दिए।
निर्वाचन आयोगद्वारा जारी सूचनामा माघ ४ गते राति १२ बजेदेखि अर्को सूचना प्रकाशन नभएसम्म निर्वाचन आचारसंहिता, २०८२ लागू भइसकेकाले सो अवधिभर महासंघको साधारण सभा तथा निर्वाचन गर्न नमिल्ने उल्लेख छ।
सूचनामा भनिएको छ, “महासंघको २६ औं साधारण सभा एवम् निर्वाचन सम्बन्धमा विषयक पत्र प्राप्त भएको छ। आयोगको मिति २०८२/१०/०४ को निर्णयअनुसार सोही दिन राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू भइसकेको हुँदा आचारसंहिता लागू रहने अवधिभर साधारण सभा गर्न नमिल्ने भएकाले निर्णयानुसार साधारण सभा स्थगित गर्न अनुरोध छ।”
महासंघले यसअघि गत पुस ८ गते सूचना जारी गर्दै माघ १५ देखि १७ गतेसम्म काठमाडौंमा २६ औं साधारण सभा तथा निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *