cURL Error: 0 राष्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता-चुनाव विषय महत्वपूर्ण छलफल - पूर्व खबर

राष्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता-चुनाव विषय महत्वपूर्ण छलफल

काठमाडौं, — प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी छन्। बुधबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।
प्रधानमन्त्री कार्की बिहान १०ः३० बजे राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेकी थिइन् भने करिब ११ बजे त्यहाँबाट बाहिरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटका क्रममा आसन्न निर्वाचनसम्बन्धी विषयमा कुराकानी भएको स्रोतले जनाएको भए पनि त्यसबारे औपचारिक रूपमा राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्रीको सचिवालयले कुनै विवरण सार्वजनिक गरेका छैनन्।
प्रधानमन्त्री र राष्ट्रपतिबीच नियमित रूपमा समसामयिक राजनीतिक घटनाक्रम, शासन व्यवस्था तथा संवैधानिक दायित्वसँग सम्बन्धित विषयमा छलफल हुने गरेको छ। बुधबारको भेटवार्तालाई पनि सोही सन्दर्भमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *