गोलधापका गाविसका पूर्व अध्यक्ष नारायण पोखरेलको निधन

बिर्तामोड । झापाका अग्रज सामाजिक व्यक्तित्व एवम् टाइम्स मिडिया नेटवर्क प्रालिका अध्यक्ष नारायण प्रसाद पोखरेलको निधन भएको छ । क्यान्सरबाट पीडित पोरखेलको आज विहान ७ बजे बिर्तामोड –४ स्थित निजी निवासमा निधन भएको हो ।

सामाजिक राजनीतिक क्षेत्रमा क्रियाशिल पोखरेल केही वर्षदेखि क्यान्सर रोगबाट पीडित हुनुहन्थ्यो । नेकपा एमालेको राजनीतिमा लामो समय क्रियाशिल रहनु भएका पोखरेल एमालेको जिल्ला सल्लाहकार सदस्य, तत्कालिन झापा क्षेत्र नं. ५ को संयोजक भएर काम गर्नुभएको थियो ।

झापा इनर्जी लिमिटेड , पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीको कार्यकारी भूमिकामा रहनु भएका पोखरेल अनाथ बालबालिकाहरुको हेरचाह गर्दै आएको तारा नमस्ते बालग्राम, टाइम्स मिडिया नेटवर्क प्रालिको अध्यक्षको जिम्मेवारीमा रहनु भएको थियो । उहाँ गोलधाप गाविसका पूर्व अध्यक्ष हुनुहुन्छ ।

दुई वर्षदेखि क्यान्सरको उपचारमा रहनु भएका पोखरेलको ६८ वर्षको उमेरमा निधन भएको हो । परिवारिक स्रोतका अनुसार आज ११ बजे कनकाई माईमा अन्त्येष्टि गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *