२५ माघ, २०८२
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्‌नै गाउँमा आई पुग्दा झापा कलम ५ का बासिन्दा हर्षित थिए । सवैको हातमा फूल, माला र ओठमा मुस्कान थियो । तर अरु भन्दा भिन्न चेहरा सहित उभिनु भएकी दूर्गा अधिकारीले परै देखि ओलीलाई नियाली रहनु भएको थियो । आफ्‌नै सामुन्नेमा ओली आई पुग्दा त उहाँ भावविहल हुनुभयो । उहाँले अध्यक्ष ओलीलाई भन्नुभयो, ‘त्यो भ्युटावर, सिंहदरवार, सरकारी कार्यालय जल्दा त मेरो हृदयबाटै धुँवा उठ्यो’ त्यस पछि स्तव्ध हुनु भएकी उहाँले थप्नुभयो, ‘ति भवन र कार्यालयको के दोष थियो र जलाईयो ? ति विध्वङ्स गर्नेलाई अब त्यसै छाड्नु ?’
उहाँको कुरा सुनेर केहि वेर ओली पनि मौन रहनुभयो र भन्नुभयो, ‘सवै कुरा समय आए पछि ठिक हुन्छ, चिन्ता नगर्नु होला ।’ स्वामीचोक पुग्दा अधिकारीसँगै अन्य स्थानीयहरुले पनि देशका सम्पदा जलाउनेहरुलाई कार्वाहीको दायरामा ल्याउनु पर्नेमा जोड दिए । रतुवाको तटबन्धन, गाउँगाउँमा कालोपत्रे बाटो, विजुली र खानेपानी गाउँ गाउँ र घर घर सम्म ल्याउने मान्छेलाई कसैले पनि भुल्न नसक्ने राम धिमालले बताउनुभयो । यो ठाउँको विकास गरेको र अब पनि अरु विकास गर्ने नेतालाईनै यहाँका बासिन्दाले छान्ने उहाँको भनाई थियो ।
आईतबार अध्यक्ष ओली कमल गाउँपालिकाका विभिन्न टोलहरुमा पुगेर मतदातासँग भेट गरि रहनु भएको छ । शनिवार समेत उहाँले यहि गाउँपालिकाका विभिन्न टोलमा पुगेर स्थानीयसँग भलाकुसारी र भेटघाट गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *