बुबाको जलेको घर हेर्दा भावुक देखिए पूर्व प्रधानमन्त्री ओली

बिर्तामोड, २९ माघ:(पूर्व खबर)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा जलाइएको बुबाको घर अवलोकन गर्नुभएको छ । भद्रपुर – १ स्थित हिमालीमा रहेको बुबाको घर गत भदौं २३ र २४ गतेको जेनजी आन्दोलनमा जलाइएको थियो ।
काठमाडौं फर्किने क्रममा अध्यक्ष ओली जलेको घर हेर्न श्रीमति राधिका शाक्यसहित हिमाली पुग्नु भएको थियो । घर जलेपछि पहिलो पटक उहाँ हिमाली पुग्नुभएको हो ।
अध्यक्ष ओलीलाई छिमेकीहरुले बुबाको हालखवर सोधेको थिए । बुबालाई हेर्न पाउदैनौं भन्ने जिज्ञासामा जवाफ दिदैं उहाँले भन्नुभयो – यो जलेको घर हेर्न कसरी पठाउनु, यो घटनाबारे बुबालाई थाहा पनि दिएका छैनौं ।
झापा ५ मा चुनावी भेटघाटमा आउनु भएको उहाँ एक साता मतदातासँग बिताएर आज काठमाडौं फर्किनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array