बिर्तामोडमा प्रविधिमैत्री पत्रकारिता सम्बन्धी तालिम सञ्चालन

बिर्तामोडमा प्रविधिमैत्री पत्रकारिता सम्बन्धी तालिम सञ्चालन गरिएको छ।
प्रविधिमैत्री शिक्षक समाज नेपालका सदस्य घनश्याम अधिकारीको सहजीकरणमा विर्तामोडमा प्रविधिमैत्री तालिम सञ्चालन गरिएको हो।

बिर्तामोडस्थित शिक्षा बहुउद्देश्य सहकारी संस्थाको सभा हलमा तालिम सञ्चालन गरिएको हो। तालिममा अग्रज पत्रकारहरु मोहनकाजी ,गणेश पोख्रेल, सुब्रत न्यौपाने, अम्बिका भण्डारी, उमानाथ भण्डारी, द्रोणा अधिकारी, पुष्प खड्का, लगायत सहभागी हुनुभएको आयोजकका गोपाल काफ्लेले जानकारी दिनुभएको हो ।पछिल्लो समय सन्चारकर्मीलाइ प्रविधीमैत्री तथा स्मार्ट लेखनलाइ प्राथमिकता राखेर यो तालिम आयोजना गर्न खोजिएको प्रशिक्षक घनश्याम अधिकारीले बताउनुभएको हो ।

आउने नयाँ पुस्तालाइ प्रविधी सगँ जोड्न पनि यो किसिमको तालिम आवस्येक रहेको बताउनुभएकोछ ।

तालिममा प्रेस काउन्सिलका सन्चालक गणेश पोखरेल,प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य अम्विका भण्डारी ,पुर्व केन्द्रिय सदस्य मोहनकाजी ,पुर्व मेची अन्चल अध्यक्ष सुव्रत न्यौपाने,प्रेस सेन्टर झापाका सचिव पुष्प खड्का लगाएतले शुभकामना मन्तव्य राख्दै सन्चारलाइ छिटो छरितो बनाउन र आउने समय सापेक्ष बनाउन जरुरी देखिएको बताउनुभएको थियो । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *