cURL Error: 0 झापाली नव गायिका इशा सुवेदीलाइ सहयोग गर्न अभियान शूरु - पूर्व खबर

झापाली नव गायिका इशा सुवेदीलाइ सहयोग गर्न अभियान शूरु

झापाली नव गायिका इशा सुवेदीलाइ सहयोग गर्न अभियान शूरु गरिएको छ।
पछिल्लो समय झापाका एक से एक नागरिकहरु प्रतिभाको पस्फुटन गर्दै राष्टिय कलाकारको लाइनमा अघि बढिरहेको समयमा इशा सुवेदी समेत नेपाल आइडलको विजेता बन्न कम्मर कसेर लागेकी हुन ।

नेपाल आइडल सिजन–५ को टप ९ मा पर्न सफल झापाली चेली इशा सुवदीलाई आज पत्रकार सम्मेलन आयोजना गरि भोट गर्न अपिल गरिएको हो । । झापाको बिर्तामोडमा आज आयोजित पत्रकार भेटघाटमा ‘इशा सुवेदी जिताऔं अभियान’को घोषणा गर्दै उनलाई भोट गर्न अपिल गरिएको हो ।

इशाका दाई बिराज सुवेदीको संयोजकत्वमा विभिन्न संघसंस्था तथा व्यक्तीहरु सम्मेलीत ‘इशा सुवेदी जिताऔं अभियान’को थालनी गरिएको हो । कार्यक्रममा अभियानका संयोजक सुवेदीले सानैदेखि गीत–संगीतप्रति रुचि राख्ने इशा सबैको मायाले हाल नेपाल आइडल सिजन ५ को उत्कृष्ट ९ मा पुगेकाले अझबढी सहयोगको अपिल गर्नुभएको हो ।

प्रतियोगिता जित्न कलासँगै भोटको पनि उत्तिकै आवश्यक पर्ने भएकाले देश–विदेशमा रहेका सम्पूर्ण नेपाली तथा गीतसंगीत प्रेमीहरुलाई भोट गर्न सुवेदीले अपिल गर्नुभयो । कार्यक्रममा बिर्तामोड क्षेत्रका युवा तथा संगीतकार प्रकाश लिङ्देनले गायन क्षेत्रमा राम्रो सम्भावना बोकेकी इशालाई नेपाल आइडलमा जिताएर कला क्षेत्रमा स्थापित गराउन सबैले सहयोग गर्न आग्रह गर्नुभयो । कोशी प्रदेशबाट एक मात्र प्रतियोगी इशालाई जिताउन देशैभरबाट सबैको साथ सहयोग आवश्यक रहेकाले उहाँले बताउनुभयो ।

यस्तै, सनलाइट म्युजिक विद्यालयकी सञ्चालिका तथा संगीत प्रशिक्षक हेमा भण्डारी योञ्जनले गायन क्षेत्रमा इशाले राम्रो सम्भावना बोकेको बताउनुभयो । उनलाई जिताउन सबै लाग्नुपर्ने उहाँको भनाई थियो । संगीतप्रति रुचि र लगाब भएकी इशाले सनलाइट संगीत प्रशिक्षण लिएकी थिईन् ।

बिर्तामोड निवासी इशा स्नातक तहकी विद्यार्थी हुन् । सानैदेखि गीत गाउन रुची राख्ने इशाले यही क्षेत्रमा स्थापित हुने सोच बनाएकी छन् । उनलाई जिताउन इशा सेवदी जिताउन १५ सदस्यीय समिति गठन गरिएको छ । उक्त समितिले प्रचार–प्रसार र भोटिङका लागि अपिलसँगै गीत–संगीत प्रेमीसँग स्वेच्छिक आर्थिक सहयोगसमेत सकंलन गरिरहेको छ ।

इशालाई भोट गर्न ई–सेवा, मोबाइल एसएमएस र मोःमोः एपबाट भोट गर्न सकिन्छ । ई–सेवाको नेपाल आइडल सिजन–५ मा गएर भोटिङ आइडी ०२ कोडमा भोटिङ गर्न सकिन्छ भने एसएमएसमार्फत ०२ टाइप गरी ३७००० पठाएर पनि भोट गर्न सकिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *