cURL Error: 0 बिर्तामोडका कार्यालय प्रमुख मिलन भट्टराईलाई भव्य स्वागत - पूर्व खबर

बिर्तामोडका कार्यालय प्रमुख मिलन भट्टराईलाई भव्य स्वागत

बिर्तामोड झापा
बिर्तामोड नगरपालिकामा आउनुभएका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईलाई भव्य स्वागत गरिएको छ।

गत हप्ता झापा भद्रपुर का स्थायी बासिन्दा राधाकृष्ण खतिवडा बिर्तामोड नगरपालिका बाट सरुवा भएर भक्तपुर जानुभएपछि खाली भएको पदमा आजबाट युवा राष्ट्रसेवक कर्मचारी भट्टराई आउनुभएको हो
बिर्तामोड नगरपालिकामा सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईलाई नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले स्वागत गर्नु भएको छ ।

सूर्योदय नगरपालिका इलामबाट सरुवा भएर आउनु भएका भट्टराईलाई जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गर्नु भएको हो ।

उहाँले आजैदेखि कार्यभार सम्हाल्नु भएको छ । युवाहरू माझ लोकप्रिय भट्टराई शालिन र कुशल कर्मचारीको रुपमा पहिचान बनाएका असल कर्मचारी हुन्।

भट्टराई आएसँगै बिर्तामोडको कर्मचारी व्यवस्थापन तथा आर्थिक सुधारका कामहरूमा उल्लेख्य सुधार हुने अपेक्षा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *