cURL Error: 0 प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी कमिटिका अध्यक्ष झाव लेजीबीच भेटवार्ता - पूर्व खबर

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी कमिटिका अध्यक्ष झाव लेजीबीच भेटवार्ता

बेइजिङ (चीन)-चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी कमिटिका अध्यक्ष झाव लेजीबीच भेटवार्ता गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी कमिटिका अध्यक्ष लेजिसँग ग्रेट हल अफ पिपलमा भेटवार्ता गर्नुभएको हो।

यसअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिनसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो।

मंगलबार दिउँसो बेइजिङस्थित देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा दुवै देशका कार्यकारी प्रमुखबीच द्विपक्षीय भेट भएको र त्यस अवसरमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्यसअघि मंगलबार नै बिहान प्रधानमन्त्री ओली र समकक्षी ली छ्याङबी ग्रेट हल अफ पिपलमा द्विपक्षीय वार्ता भएको थियो। त्यस अवसरमा ९ वटा दस्तावेजमा हस्ताक्षर भएको छ।onliebata

Leave a Reply

Your email address will not be published. Required fields are marked *