राजकुमार ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले मानवता सेवा भन्दा अरु कुनै पनि उत्कृष्ठ सेवा नरहेको बताउनुभएको छ ।
आज आइतवार झापाको मेचीनगर नगरपालिका(४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानवसेवा स्मारकको भवन शिलान्यास गर्नुहुदै प्रधानमन्त्री ओलीले मानवता सेवा गर्न सवै लाग्नुपर्नेमा जोड दिनुभएको हो ।
प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यले सो उद्घाटन र शिलान्यास गर्नुभएको हो। कार्यक्रममा आश्रमका लागि दुई बिगाहा पाँच कठ्ठा जग्गा दिने स्थानीय रामबहादुर प्रधान र परिवारलाई सम्मान गरिएको थियो।
प्रधानमन्त्री ओलीले सो आश्रमको भवन निर्माणका लागि आफ्नो एक महिनाको तलव र प्रधम महिला शाक्यले दुई महिनाको पेन्सन रकम दिने घोषणा गर्नुभयो।
प्रधानमन्त्री ओलीको घोषणापछि अन्य अतिथि र जनप्रतिनिधिले पनि सहयोगको घोषणा गर्नुभएको थियो।
उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले आश्रममा घोषणा गरेसगै मेचीनगर नगरपालिकाले १० लाख ,अर्जुनधारा नगरपालिकाले ५ लाख ,मेयर बलदेव गोम्देनले एक लाख,विर्तामोडका उपमेयर नगेन्द्र सग्रौलाले ३५ हजार ,खानेपानी मन्त्री एकराज कार्की लगाएत धेरै जनप्रतिनिधीहरुले स्वघोषणा गर्दै आश्रम बनाउन एकवद्दता जनाउनुभएको छ।





