cURL Error: 0 नेपाल पत्रकार महासंघको मतगणना सुरु - पूर्व खबर

नेपाल पत्रकार महासंघको मतगणना सुरु

झापा, २८ मंसिर । नेपाल पत्रकार महासंघ झापा शाखाको निर्वाचन सम्पन्न भएको छ ।

पत्रकार महासंघ झापा शाखाको निर्वाचन बिर्तामोड स्थित अग्रसेन भवनमा आज विहान १० वजेदेखि सुरु मतदान ४ वजे सम्पन्न भएको हो ।

निर्वाचन समितिका अधिकृत शिरो सान्दाईले दुई सय २० जना मतदाता मध्ये २०५ जनाले मतदान गरेको जानकारी दिए ।

९३ दशमलव १८ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । मंसिर २८ गते महासंघ केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ ।

आज एकैदिन केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान भएको थियो ।

झापा शाखामा अध्यक्ष पदका लागि चार जनाले उम्मेद्वारी दिएका थिए । अध्यक्ष पदका लागि टीकाराम नेती, डिकेश लामा, राजेन्द्र गौतम र एकराज गिरीले उम्मेद्वारी दिएका थिए ।

झापा शाखाको २० सदस्यीय कार्यसमितिका लागि ३३ जनाले उम्मेदवारी दिएका छन् । १५ जना प्रदेश परिषद सदस्यका लागि १२ जनाको मात्र उम्मेदवारी परेको छ । त्यस्तै, ४ जना केन्द्रीय परिषद सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका छन् ।

कार्यसमितिका लागि उपाध्यक्षमा गणेशमान मुखिया र सुब्रत न्यौपाने, महिला उपाध्यक्षमा विनिता गौतम (विनिशा शर्मा) र सुशीला संग्रौलाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, सचिवमा राजु पाठक र प्रदिप परियार, सहसचिव पदमा रमेश तिवारी सर्वसम्मत भएका छन् । सहसचिव समावेशीमा चिरञ्जीवी घिमिरे र तिलक तामाङ योञ्जनको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा पुष्पलाल खड्का, शम्भुजीत दाहाल र मुक्तिनाथ पौडेलले उम्मेद्वारी दिएका छन् ।

सदस्यका लागि भूमिराज पराजुली, सन्तोष शर्मा, प्रकाश उप्रेती, मनोज तिवारी, बिनोद पाण्डे, उत्तम नेपाल, सुदिप अधिकारी, भुकुमारी लिम्बू, सविना लिम्बु, इन्द्रकुमार राई, मनकुमार शर्मा, स्वास्तिका आचार्य, दिलिप थापा, चन्द्रप्रसाद बानियाँ (प्रकाश), तीर्थराज तिम्सिना, अस्मिता साँखी, ईशा प्रधान, द्रोण अधिकारी, दिपेश राजबंशी र देवेन्द्र प्रसाईले उम्मेद्वारी दिएका छन् । एक जना सदस्य मनकुमार गदाल निर्विरोध भएका छन् ।

१५ जना प्रदेश परिषद सदस्यका लागि १२ जनाले मात्र उम्मेदवारी दिएकोमा सबैजना निर्विरोध भएका छन् । निर्विरोध हुनेमा आत्माराम राजबंशी, पुकारचन्द्र राजबंशी, रश्मिशेखर सुवेदी, अनुषा चुडाल, वेणुप्रसाद अधिकारी, तुलसीप्रसाद निरौला, विष्णुप्रसाद पौडेल, कमला श्रेष्ठ, सुष्मादेवी नेपाली, रामप्रसाद निरौला, उमानाथ भण्डारी, लक्ष्मी उप्रेती र शुष्मा राजबंशी रहेका छन् ।

त्यस्तै, ४ जना केन्द्रीय परिषद सदस्यका केन्द्रीय परिषद सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । महिलामा लिला अनमोल र आदिबासी जनाजातिमा विशाल नेम्बाङ निर्विरोध भएका छन् ।

केन्द्रीय परिषद सदस्यमा अर्जुन कार्की, पर्वत पोर्तेल, नेत्रविक्रम विमली, कमन देवान, विष्णु सुब्बा र हामेप्रकाश अधिकारी चुनावी मैदानमा छन् ।

अहिले राति ८ वजेदेखि मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *