cURL Error: 0 पुष २० गतेदेखि पाँच दिने धरान डे उत्सव हुदै - पूर्व खबर

पुष २० गतेदेखि पाँच दिने धरान डे उत्सव हुदै

आधुनिक धरान शहर स्थापना भएको १२४ औं बर्षको अवसरमा यही पुष २० गतेदेखि पाँच दिने धरान डे उत्सव हुने भएको छ ।

धरान उपमहानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै पुष २० गतेदेखि २४ गतेसम्म धरान डे उत्सव आयोजना गर्ने जानकारी दिएको हो । धरान डेको बिशेष दिन पुष २० गते स्थानीय विदा दिइने पनि उपमहानगरपालिकाले जनाएको छ । धरान डे उत्सव आयोजना गर्न मेयर हर्कराज राई संयोजक र उपमेयर अइन्द्रबिक्रम बेघा सहसंयोजक रहेको मुल समारोह समिति र विभिन्न उपसमितिहरु पनि गठन गरिएको कार्यपालिका सदस्य तथा प्रचारप्रसार समिति संयोजक दिनेश गजमेरले जानकारी दिए ।

धरान डे उत्सव धरान १६ स्थित रंगशालाको दक्षिण पट्टीको खाली मैदानमा आयोजना हुनेछ । धरान डे अवसरमा ५ दिनसम्म विभिन्न साँस्कृतिक, खेलकुद, मनोरञ्जनात्मक तथा साहित्यिक, सांगीतिक कार्यक्रमहरु आयोजना गरिने पनि प्रचार संयोजक गजमेरले जानकारी दिए । यस्तै, उत्सवस्थलमा शैक्षिक, कला साहित्य, खाद्य प्रर्दशनी तथा बिक्री स्टलहरु पनि राखिनेछ ।

dharan day1

मेयर साम्पाङका अनुसार पुष २४ गतेसम्म उपमहागनरपालिकाले धरान डे मनाउनेछ भने त्यसपछि सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान एक्स्पो कार्यक्रम गर्ने सहमति भएको छ । धरान एक्स्पोबारे संघले अलग्गै पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ ।

धरान डे आयोजना अवधिभर विगतमा जस्तै प्रवेश निःशुल्क हुने र स्थानीय, घरेलु उत्पादनहरुको प्रर्दशनी तथा बिक्रीलाई प्राथमकिता दिइने उनले बताए । उक्त कार्यक्रम नगरबासीलाई मनोरञ्जन दिलाउने उद्देश्य रहेको उनको भनाई थियो ।

यस्तो छ कार्यक्रमको तालिका

पुष २० गते धरान उत्सव उद्घाटन कार्यक्रम हुनेछ । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरिनेछ । साँझमा साँस्कृतिक प्रस्तुती हुनेछ ।

पुष २१ गते बिहान ८ बजेदेखि साइक्लिङ हुनेछ भने दिउँसो इस्टर्न सिंङ्गिङ सुपर स्टार सिजन १ र साहित्यिक कार्यक्रम पनि हुनेछ । पुष २२ गते पनि इस्टर्न सिंङ्गिङ सुपर स्टार सिजन १ र लोक जुहारी कार्यक्रम हुनेछ भने पुष २३ गते बिहान वाकाथुन, दिउँसो इस्टर्न सिंङ्गिङ सुपर स्टार सिजन १, रस्सि तान र छेलो हान्ने प्रतियोगिता पनि आयोजना हुनेछ ।

अन्तिम दिन पुष २४ गते बिहान श्रमदाता र्याली हुनेछ भने दिउँसो साँस्कृतिक झाँकी प्रस्तुती, प्रशंसा पत्र वितरण र धन्यवाद ज्ञापन कार्यक्रम हुनेछ । प्रत्येक दिन साँझ ५ बजेदेखि राती १० बजेसम्म सांगीतिक तथा साँस्कृतिक कायृक्रम आयोजना हुने आयोजक मुल समारोहले जनाएको छ । Onlinebata

Leave a Reply

Your email address will not be published. Required fields are marked *