cURL Error: 0 व्यवसायी पदम श्रेष्ठको ‘व्यवसायी राहत कोष’लाई सहयोग - पूर्व खबर

व्यवसायी पदम श्रेष्ठको ‘व्यवसायी राहत कोष’लाई सहयोग

हाम्रो ढुवानी सेवाका सञ्चालक तथा युवा व्यवसायी पदम श्रेष्ठले आफ्नो जन्म दिनको अवसर पारेर बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’लाई सहयोग गरेका छन् ।

संघको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमकाबीच श्रेष्ठले २१ हजार एक सय २१ रुपैयाँ सहयोग गरेका हुन् । उनले संघका अध्यक्ष राजु न्यौपानेलाई उक्त रकम प्रदान गरेका थिए ।

संघले स्थापना गरेको कोष अत्यान्त राम्रो रहेको र कोषमा एक करोड रुपैयाँ मात्र होइन त्यो भन्दा धेरै रकम जुटाएर व्यवसायीलाई आपत विपत परेको बेला सहयोग गर्नु पर्ने उनको भनाई छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेलको विशेष आतिथ्यमा आयोजित कार्यक्रममा वाणिज्य संघले श्रेष्ठलाई कदरपत्र समेत प्रदान गरेको थियो । संघले स्थापना गरेको राहत कोषमा रकम वृद्धिका लागि सहयोग पु¥याएको भन्दै करद पत्र प्रदान गरिएको थियो ।

सो अवसरमा कुहिनोर ढुवानी सेवाका हेमराज अधिकारी, पूर्वाञ्चल वेकरीमा सञ्चालक प्रल्हाद अधिकारी , व्यवसायी नवीन भण्डारी, पूर्वेली ढुुवानी सेवाका सञ्चालक निर्मलराज खत्री, मोवाइल व्यवसायी महासंघका महासचिव सञ्जय शाह लगायतले श्रेष्ठको कार्यप्रति उच्च प्रशंसा गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव कुशल खतिववडाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *