cURL Error: 0 आदर्श स्कुलले गर्यो सञ्चारकर्मीहरुलाई सम्मान - पूर्व खबर

आदर्श स्कुलले गर्यो सञ्चारकर्मीहरुलाई सम्मान

आदर्श स्कुल अफ मेनेजमेन्ट तथा लिंकन मन्टेश्वरी बिर्तामोड ३ ले नेपाल पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनमा झापा शाखामा निर्वाचित कार्य समितिलाई स्वागत सम्मान गरेको छ ।

आज आदर्श स्कुलको सभाहलमा एक समारोहका बिच झापाका नव निर्वाचित तथा झापाबाट प्रतिनिधित्व गर्ने प्रदेश समितिका प्रतिनिधिलाई सम्मान गरिएको हो ।

उनीहरुलाई कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख पवित्रा महत्तरा प्रसाई, हिसानका सचिव तथा न्युटन्स एकाडेमीका प्रिन्सिपल देबेन्द्र हुंमागाई, प्वासन झापा जिल्ला उपाध्यक्ष जनार्दन ढकाल लगायतले सम्मान गर्दै कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

लिंकन मन्टेश्वरी स्कुलका व्यवस्थापन समिति अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत आदर्श स्कुल अफ मेनेजमेन्टका निर्देशक संजोग खरेलले गरेका थिए । कार्यक्रमको सञ्चालन लिंकन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *